काठमाडौंमा सिरिन्ज आक्रमण गर्ने एक पक्राउ

1311
views

काठमाडौं, १३, असार । काठमाडौंमा सिरिन्ज आक्रमण गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले गएराति १२ बजे महाराजगंजबाट रामेछाप स्थायी घर भएका सन्तोष कार्कीलाई सिरिन्ज आक्रमणको आरोपमा पक्राउ गरेको हो ।

कार्कीले भने आफूले सिरिन्जले नभइ काँटीले घोचेको बताएका छन् । काठमाडौंमा अहिलेसम्म ६ जना सिरिन्ज आक्रमणमा परेको महानगरीय प्रहरी परिषद् टेकुका प्रवक्ता डी.एस.पी. होविन्द्र बोगटीले बताए । उनले सो घटनाको थप अनुसन्धान भइरहेको बताएका छन् । annapurnapost.com/news बाट