मुटु छुने कविताका पंक्तिमा कृष्ण सेन ‘इच्छुक’

3170
views

– पुन्य कार्की

कवि, साहित्यकार तथा पत्रकार सहिद कृष्णसेन इच्छुकको १५ औं स्मृति दिवसको कवि कृष्ण सेन इच्छुकको कवत्विको विवेचना गर्नु अगाडि उहाँको महान् त्याग र बलिदानले भरिएको जीवनस त्यसमा समाहति भएको ओजपूर्ण कवत्वि आदिआदिको विषयमा विभिन्न व्यक्तत्विहरूद्धारा गरिएको सारगर्व्ति मूल्यांकनउद्गारलाई सुरुमै उद्धृत गर्नु सान्दर्भिक देखेको छु–

आफ्नो समग्रतामा कविता भनेको रागात्मक, लयबद्ध र विम्बमय भाषामा विचार र अनुभूतिको संश्लेषणमार्फत् जीवनको पुनःसृजन हो । कविता आफ्नै विशिष्ट अन्तर्वस्तु र रुपको एकत्वमा संरचति हुन्छ । कवि इच्छुकका कविताहरूले अन्तरवस्तु र रुपको एकत्वको मान्यतालाई राम्रोसँग संवरण गरेका छन् । कविताको मूल तत्व हुन्–भषा, लयविधान, भावविधान, बिचारपक्ष, विम्ब, प्रतिक तथा अलङ्कारयोजना र शिल्पचेतना । इच्छुकका कविताहरूमा कविताको यी अङ्ग उपाङ्गहरूको विन्यास राम्रोसँग भएको पाइन्छ, … इच्छुकका रचनाहरूमा संवेदनात्मक उर्जा, अनुभूतिको उद्धेलन र भावत्मक उच्छलनको प्रचुरताको साथै बिचारको गाहिराई र वर्गचेतनाको तीक्ष्णतासमेत पाइन्छ। –(चैतन्य, इच्छुक स्मृति ग्रन्थ, पृष्ठ–५३)

इच्छुकले आफ्ना कवितामा जुन उदात्त भावगत अन्तर्वस्तुको अभिव्यक्ति गरेका छन्, त्यसले विशिष्ट कविता संरचना प्राप्त गर्न सकेकै कारण कविताको रुपमा त्यो अन्तर्वस्तु विशिष्ट र शक्तिशाली बन्न पुगेको हो । यद्यपि संरचनामात्र आफैँमा प्रधानपक्ष होइन तर सुन्दरबस्तु वा भावविधानका लागि सुन्दर संरचनासँगको संश्लेषण पनि त्यत्तिकै आवश्यक हुन्छ । यसो भएकाले इच्छुकको कवत्विले विशिष्ट उचाइ प्राप्त गर्न सकेको हो । –(डा. ताराकान्त पाण्डे, इच्छुक स्मृति ग्रन्थ पृष्ठ–५७)

आफूले लिएको विषयवस्तुलाई नजिकैबाट अनुभूत गर्नु, स्थानीय रङ्ग, भूगोल र प्रकृतिलाई विचारसति घोलेर मानवीकरण गरी नवीन विम्ब र प्रतीकमाफत् नवीन आदर्शको उद्बोधन गर्नु इच्छुकको वैशिष्ट्य हो । जनताबाट लिएर जनतालाई कसरी दिनुपर्छ त्यो इच्छुकको कलमलाई थाहा छ । इच्छुकका कविता सरल छन्, सहज छन्, हृदयस्पर्शी छन् र कमला छन् । ती गीत झैँ लयात्मक छन् र विचारमा इस्पातीला छन् । समसामयिक चेतनाका प्रवक्ता इच्छुकका कविता आफन्त प्र्रियजनका लागि आँखा हुन्, औषधी हुन् र दुश्मनहरूका लागि छातीभत्रिसम्म भेदन गर्ने छुरी हुन् । – (डा. ऋषिराज बराल, बन्दी र चन्द्रगिरि)

इच्छुकका कविता जनयुद्ध, वर्गसंघर्ष तथा उच्च लक्ष्यका बीच रहेको एकात्मकताको विशिष्ट अभिव्यक्ति हुन् । उनका कवितामा आफ्ना समयका सशक्त लयात्मक दस्तावेज हुन् र तिनले पाठकलाई आफूतिर आकर्ष्ति गर्दछन् । मुक्त जीवनको सतत कामना र प्राप्तिका निम्ति गरिने महत्तम संघर्षसँग गाँसिई संघर्षकै बिशिष्ट रुप, क्रिया र त्यसलाई बुझाउने शब्द र भाव संकेतका माध्यमबाट सर्वहाराबर्गीय चेतना र तत्जन्य संघर्षलाई अभिव्यक्ति दिनु इच्छुकका रचनाको ध्येय हो । –(डा. जगदिशचन्द्र भण्डारी, इच्छुक स्मृति ग्रन्थ, पृष्ठ–६८)

सेन समकालीन प्रगतीवादी स्रष्टा हुन् । क्रान्तिका गायक कवि हुन् । युगचेतनाको सञ्चार कविताबाट गर्न चाहाने बिचार, निष्ठा र आन्दोलनका कवि हुन् । वर्गचेतना, वर्गप्रेम, वर्गघृणा र वर्गमुक्तिको शास्वत अभिव्यक्ति सेनका कविताका बिशिष्टता हो । त्यसैले सेनका कविताहरूको मूल्य नैतिक सन्देश हो । उनले समाजवादी यथार्थवादी नैतिक मूल्य र संवेदनालाई कवितामा अभिभूत गरेका छन् । –(ईश्वरचन्द्र ज्ञावाली, इच्छुक स्मृति ग्रन्थ, पृष्ठ–८१)

अभिव्यक्तिको जोखिम मोल्ने कवि हुन इच्छुक । भन्न मन लागेको कुरा भन्दै नभन्ने कविता लेख्ने कवि मध्यमा पर्दैनन् उनी । निरर्थक बाँच्नुभन्दा सार्थक मर्नु उचति सम्झने सेन मृत्युलाई पहिले स्वीकारेर क्रान्तिमा होमिएका थिए र यही अर्थमा अभिव्यक्तिको जोखिमपनि उठाएका थिए । –(सुधा त्रीपाठी, इच्छुक स्मृति ग्रन्थ, पृष्ठ–१०१)

इच्छुक निडर र शत्रुका सामु कहिले नझुक्ने क्रान्तिकारी योद्धा । महान जनयुद्धले जन्माएका असल स्रष्टा इच्छुकले युद्धको विजय र सुन्दर भबिष्यको सपनालाई नजिकैबट ठम्याउनु भएको थियो । जनताको विजयलाई देख्ने सक्ने इच्छुक लेनिनले भनेझैँ स्रष्टाहरूले सपना देख्न सक्नुपर्छ भन्ने मान्यतालाई आत्मासात गर्ने कवि हुनुहुन्छ । –(रमेशप्रसाद भट्टराई, इच्छुक स्मृति ग्रन्थ, पृष्ठ–११२)

कृष्ण सेन“इच्छुक” नेपाली साहत्यिमा प्रगतिवादी कविका रुपमा अत्यन्त सुपरिचति व्यक्तत्वि हुन् । नेपालको साहिित्यक, साँस्कृतिक र पत्रकारीताको जगतमा पनि उनी सुविख्यात व्यक्ति हुन् । उनको सपना, आदर्श, मूल्य र मान्यताको अनुशरण गर्ने र गर्न खोज्ने व्यक्तिरव्यक्तत्वि आजको नेपाली समाजमा भेटिन्छन्रभेटिएकाछन् । –(डा. नन्दीश अधिकारी, इच्छुक स्मृति ग्रन्थ, पृष्ठ–११४)

कृष्ण सेन“इच्छुक” नेपाली क्रान्तिकारी आन्दोलनको योद्धा, सांस्कृतिक आन्दोलनको शिखरपुरुष अर्थात् आस्थाको धरोहर व्याक्तत्वि । पातलाले शरिर, ठीक्क अग्लो कद्, गोरो वर्ण, हिस्सी परेको अनुहार, माया लाग्दो बोलीवचन, लोभ लाग्दो व्यबहार अनि उच्च उदात्त ओजस्वी विचारले युक्त संस्कृतिकर्मी । विचार र व्यबहारको सम्यक मिलन खाज्दै सुन्दर भविष्यको सुन्दर जीवनलाई पछ्याउन उद्धत सौन्दर्यप्रेमी व्यक्तत्वि । कार्यकुशलता, शिष्टता, मर्यादा एव म आस्थाको धरोहर शालीन व्यक्तत्वि । व्यवहारमा लचकता, विचारमा दृढता, बोलाइमा शिष्टता, प्रस्तुतिमा नम्रता र चिन्तनमा वस्तनिष्ठताले ओतप्रोत अनुकरणीय व्यक्तत्वि । अँझ निचोड निकालेर भन्नुपर्दा प्रतिभावान कवि, क्षमतावान पत्रकार, निष्ठावान राजनीतिज्ञ अनि अमर सहिद, प्यारो िमत्र, आदरणीय अभिभावक अर्थात कृष्ण सेन इच्छुक । –(डा. गोपीन्द्र पौडेल, इच्छुक स्मृति ग्रन्थ–१३३)

हामी इतिहासको त्यस्तो संगीन घडीमा यात्रा गरिरहेका छौँ, जतिवेला कृष्ण सेन इच्छुकको बारेमा जे जति लेखिएपनि त्यसले उहाँको समग्र मूल्यांकन हुन सक्तैन । उहाँको दिव्य महान्ताको वयान गर्न शब्दको अर्थसामर्थ्य गुमेको क्षणमा हामी यात्रा गरिरहेका छौँ । जबसम्म उहाँले हिँडेको बाटोका सक्कली पथगामी हुन सक्तैनौँ, जबसम्म उहाँले उमारेका वेर्नाका सुसारे हुन सक्तैनौँ, अनि जबसम्म उहाँले आफ्नो जीवनमा जोडेजस्तै शब्द र कर्मको सन्तुलन र सामिप्यता आआफ्नो जीवनमा जोड्न सक्तैनौँ तबसम्म हामीले उहाँलाई जति नै श्रद्धाञ्जलीकिा शब्दसुमन चढाए पनि ती निरर्थक बनेर जानेछन् । मूल्यांकनको सार जति नै सुन्दर शब्दमा उनेपनि त्यसको निष्कर्षलाई समात्न नसक्ने लोभीपापी अनुयायीको रुपमा हामी इतिहासमा दर्ज हुनेछौँ ।

माथि आरेखति विभिन्न व्यक्तिहरूका शब्दचत्रिणबाट कवि कृष्ण सेन इच्छुकको कवत्वि र व्यक्तत्विको वारेमा काफी प्रकाश पार्ने काम भएको छ । म यहाँ इच्छुक प्रतिष्ठानका लागि प्रगतिशील अध्ययन केन्द्र काठमाडौंले भर्खरै प्रकाशति गरेको इच्छुक रचनावली भाग–२ भत्रिका केही मुटु छुने कविताहरूभत्रि पसेर तिनका मार्मिक भावहरूलाई समात्ने चेष्टा गरिरहेकोछु ।

इच्छुक रचनावली (भाग–२)मा जम्मा ७९वटा फुटकर कविताहरू समेटिएका छन् । कालक्रमिक हिसाबले २०३० सालदेखि उहाँको सहादता अगाडिसम्मका कविताहरूलाई तीन खण्डमा विभाजति गरेर प्रकाशति गरिएको छ । इतिहासको यस घडीमा, बन्दीआवाज र आरम्भिक कविता नामकरण गरिएको यस रचनावलीमा पहिलो खण्डमा–३१, दोस्रोमा–३८ र तेस्रोमा–१०वटा कविताहरू रहेका छन् ।

पहिलो खण्डका कविताहरू २०५७ सालमा उहाँ जीवतिै हुँदा इतिहासको यस घडीमा शीर्षकको कविता सङ्ग्रह मार्फत् बाहिर आइसकेको कुरा सर्ब्विदतिै छ। दोस्रो खण्डका सबै कविताहरू उहाँ बन्दी अवस्थामा रहँदा लेखिएको र विभिन्न लोकप्रिय तथा जनपक्षीय पत्रपत्रिकाहरूमा फुटकर रुपमा छापिएका छन् । तेस्रो खण्डमा उहाँको काव्यसाधनाको आरम्भिक कालका थोरै कविताहरू समेटिएका छन् ।

“इतिहासको यस घडीमा” िभत्र निम्न कविताहरू रहेका छन्–
१. त्यो प्यारो प्यारो पहाडी गाउँको नाम थवाङ हो ।
२. आइती
३. प्रिय कमरेड
४. यो घामपनि रापिएर तातो तातो छ
५. लाहुरे
६. प्यालेस्टीनी मत्रिहरूको नाममा
७. तिमी र तिम्रो पसिना
८. जनताको ढाल या बैरीको अचानो
९. बेन्जामिन मोलाइसको सम्झनामा
१०. झुल्के घामका राता किरणहरू
११. कविसँग
१२. काठमाडौं मेरा देशको राजधानी
१३. कान्छी, भट्टि र देश
१४. इतिहाँसको यस घडीमा
१५. जेल
१६. भाउजू
१७. बन्दी, सुगा र उन्मुक्तिको चाहना
१८. बहिनीको सम्झनामा
१९. हात लाग्यो शून्य
२०. बर्म्झिया
२१. दार्बोटको जङ्गलमा
२२. घोमपाल
२३. सेतु जैसीको घर
२४. तिम्रा युद्ध र बन्दुक हरूका बिरुद्ध
२५. पुर्खे सुनारकी आमा
२६. यक्ष–प्रश्न
२७. सलाम जेलबाङ
२८. गोचाली
२९. सिम्ठारो धान
३०. बन्दी छोराको पत्र
३१. प्रतिबन्ध ।

दोस्रो खण्ड “ बन्दी आवाज”भत्रि निम्नलिखति चर्च्ति कविताहरू रहेका छन्–
१. माछो–माछो भ्यागुतो
२. नवजात छोरीसँग
३. काले
४. बालबन्दी मिर्ची
५. प्यारो मधेशप्रति
६. तिम्रो र हाम्रो संसार
७. एउटा गाउँलेको डायरी
८. पोखरी र कारागार
९. जेरुसलम
१०. यात्रमा हिँड्दा हिँड्दै
११. सिंहदरबारअघि नारा लाइरहेकी फूलमति
१२ पिपलको बोट
१३. कारागारको छतमाथि चढेर
१४ अजम्वरी सपना
१५. मेरी छोरी
१६. कैदी
१७ दिदी शान्तालाई
१८. कारागारको छतमाथि चढेर
१९. कमैया दुःखीरामलाई प्रश्न
२०. अस्वीकार
२१. एउटा गाउँलेको डायरी
२२. चिनियाँ कवि चेङ च्हूप्रति
२३. जेरुसलम
२४. आदिबासी दिबस र भिखारिंदास सदा
२५ कोशी टप्पु
२६. अजम्वरी सपना
२७. आङसान सु कि
२८ यात्रामा हिँड्दा–हिँड्दै
२९ म अहिले निराश छैन
३०. मेरो देशको शिशु प्रजातन्त्र
३१ भविष्य
३२ रोगी देश
३३. उत्तरतिर
३४ यस क्षण
३५. लालमटियाको सम्झना
३६. प्युठान म पनि तिमीसँगै छु
३७. कसरी भनूँ
३८. सहिद ।

तेस्रो खण्ड ”आरम्भिक कविता” भत्रि निम्न कविताहरू रहेका छन् –
१ भोलिप्रति
२. एउटा लाहुरेको घरफर्कने अठोट
३ नयाँ साल, समयको हस्ताक्षर
४. शुभकामना
५. मेरोपश्चातापपछिका केही सुस्केराहरू
६. हामी विश्वस्त छौं
७. बाध्यता
८. तिमी
९. बेन्जामिन मोलाइसको फाँसीमा
१०. पर्खालभत्रिबाट तिमीलाई सम्झँदा ।

क्रान्तिप्रतिको अक्ष्क्षुण निष्ठाले कालजयी कविताका माहनत म स्रष्टाको रुपमा मात्र उभ्याएन कृष्णसेन” इच्छुक ”लाई, यस युगका अतुलनीय सास्कृतिक सहिदको रुपमा पनि आदर्श्विम्ब बनेर सांस्कृतिक क्रान्तिलाई आलोकति गरिरहनु छ । चिराग बालिरहनु भएको छ । कवि कृष्ण सेन ” इच्छुक ”ले कवितामा जुन भावहरू पोख्नुभयो, जुन अर्थहरूको खेती लाउनु भयो, आखिरमा आफ्नो जीवन पनि त्यसै आदर्शको निम्ति बलिदान गर्नुभयो । उहाँको बलिदान पछि उहाँका कविताका प्रत्येक अक्षरहरूको ओज बढेको छ, उहाँका लयहरूमा क्रान्तिका महालयहरू विन्यास भएका छन् । आस्थाको धरोहर, निष्ठाको सागर अनि दुष्टको हाहाकार बनेर हरेक कलिला फुचुमुने नानीहरूका आँखामा फुल्ने सपनासर्जकको रुपमा कृष्ण सेन इच्छुक नेपाली समाजमा जीवति रहनुभएको छ । विश्व सर्वाहारा बर्गका मुक्तिगायकको रुपमा ओरेखति हुनुभएको छ । उहाँको जीवन कविताजस्तै सुन्दर, जताबाट हेरेपनि हेरिरहुँ जस्तो, जताबाट पढे पनि पढिरहुँ जस्तो यसर्थ देखियो कि उहाँले व्यक्तिगत सुखको निम्ति कहिल्यै पनि राल काढ्नु भएन । आफ्नो हतिको निम्ति कहिल्यै घुटुक्क थुक निल्नु भएन । जति बाँच्नुभयो, अरुको भलाइमा बाँच्नु भो, जति लेख्नु भो सत्यसाँचो लेख्नुभयो । मानिसहरूको निद्रा विथोल्न लेख्नुभयो । क्रान्तिको जाग्रत ध्वनि वतिराजनको घरर्घुँयानमा पुर्याउनको लागि अहोरात्र लेख्नुभयो । देश, जनता र पार्टीप्रति बेइमान, विश्वासघात, बलत्कार गर्नुभएन । बरु आफ्नो जीवन चढाउन तयार हुनुभयो । विचलन र पलायनको बाटो कदापि रोज्नु भएन, त्यसैले त कृष्ण सेन ” इच्छुक ” निष्ठाको यस्तो पर्वत हुनु भयो, जसलाई आरोहण गर्न हम्मेहम्मे पर्न सक्छ ।

आफ्नो वर्गप्रति प्रतिवद्ध रहेर काब्यसाधना गर्ने इच्छुकका एक से एक फुटकर कविताहरू सुन्दर भाव र शिल्पले सिँगारिएका छन् । कवितामा विचारपक्ष र कलापक्षलाई उत्तिकै सन्तुलनमा राखेर सार्थक कविता सृजना गर्नु उहाँको लेखन बैशिष्ट्य हो । उहाँका कवितामा विचारको चाप कतै गनाँउदैन, सुकोमल भावको केन्द्रस्थबाट इस्पातजस्तै शक्तिशाली विचार सलल बग्ने गर्दछ । सचेत शिल्पीले सधैं शिल्पपक्षबाट, कलापक्षबाट, विम्बप्रतिक र अलङ्कारयोजनाको तारतम्यबाट जनपक्षीय विचारलाई सुस्वादु बनाएर कवितामा अभिब्यन्जना गर्दछ । इच्छुकका कवितामा सुकोमल भावतरेलीहरूलाई अनेकौं रुपमा अनुभूत गर्न सकिन्छ ।

आफ्ना कवितामा निम्नवर्गीय पात्र, चरत्रि र परिवेशलाई बढीभन्दा बढी स्थान दिएर उत्पीडनको विरुद्ध, शोषण अन्याय अत्याचारको विरुद्ध लड्नको निम्ति मुक्तिको विहान ल्याउनको निम्तिआव्हान गर्दछन् –

ए ! सानासाना नानी, ए ! प्रिय भाइबहिनीहरू
मिरमिरेपछिका ए ! सुनौला विहानीहरू
नरोउ तिमी मुस्कुराउँदै उठ
नरोउ तिमी जुर्मुराउँदै उठ
पीडाका आरनहरूमा पाइन चढेर
तिमी तेजिलो धार बन्दै उठ
दुःखका आगो ओकल्ने भट्टीहरूमा
तिमी इस्पाती तरबार बन्दै उठ
उठ गरिबीका विरुद्ध लड्ने योद्धा बनेर उठ
उठ विषमताको विरुद्ध लड्ने मोर्चा कसेर उठ
हुर्क तिमी यिनै अभावहरूमा हुर्क
हुर्क तिमी यिनै दबाबहरूमा हुर्क
शिरमाथि सिङ्गो आकाश उचाल्न सक्ने तिमीहरू, बच्चाहरू
बाहुलीमा सम्पूर्ण संसार थाम्न सक्ने तिमीहरू, बच्चाहरू
(झुल्केघामका राता किरणहरू – पृष्ठ ४३र४४)

शोषित पीडित गरिब नेपालीका छोराछोरीहरू ठूलाठालू साहुसामन्तको घरमा, जिम्दार र मुखियाका घरमा नोकर चाकर बस्नुपर्ने, हलीगोठालो हुनुपर्ने, कमलर, बर्दियान र भैंसबार भएर आफ्नो आयुरेखा फटाउनुपर्ने कठोर बास्तविकतालाई कवितामार्फत उजागार गर्दै युगयुगदेखि लाँदिदै आएको उत्पीडनको जुवा फ्याँक्न उद्घोष गर्नुभएको छ । नानीहरू औंसी होइनन् यिनीहरू पूर्णेका जूनहरू हुन्, झुल्के घामका लालकिरणहरू हुन्, यिनीहरू भाेिलको राष्ट्रबगैँचामा ढकमक्क फुलेर सौरभ फिजाँउने कोपिलाहरू हुन् । यिनीहरू अब कसैको खेतखलिहानमा, गोठ र भकारोमा सीमति भएर रहनु हुन्न । परिवर्तनको निम्ति उठ्नु पर्छ, उत्पीडनको अध्याँरो युगलाई नामेट गर्नुपर्छ । पींडाका आरनमा पाइन बनेर चढ्नुपर्छ । दुःखका आगो ओकल्ने भट्टीमा इस्पात बन्नु पर्छ र विभेद, विषमताको बर्गयुद्धमा निर्मम भएर लड्नु पर्छ भन्ने भाव अभिव्यक्त भएको छ ।

सम्पन्नता र विपन्नताको अतिशय ठूलो खाडल खनेर उभिएको देशको राजधानी काठमाण्डौं प्रति कविको तीव्र आक्रोश छ । ठूलाठूला गगनचुम्वी महलहरू, कालाचिल्ला सडकहरू, सुख, शान्ति र ऐश्वर्यका बजार, होटल, पशलहरू थापेर पनि त्यत्तिकै गरिबी, अभाव, वेथिित, विसंगति विपन्नता बढाइरहेको छ काठमाण्डौैं । मुठीभर हुने खोको निम्ति यो ठाउँ स्वर्ग भएपनि लाखौं लाख नेपालीको लागि नर्कतुल्य छ, अभाव र समस्याले थिलथिलो बनाएको छ । यहाँ असल मान्छे कम, पापी, अपराधी, दुराचारी र षडयन्त्रकारीहरू वढिरहेकाछन् भन्ने यथार्थलाई यसरी प्रस्तुत गर्नुभएको छ –

यो राजधानी, जहाँ ठूलाठूला साहुजीहरू छन्
बडेबडे लालाजीहरू छन्, दिनरात गुप्त मन्त्रणामा ब्यस्त
सफेदपोस बाबुजीहरू छन्, प्रत्येक दिन साँझ विहान यहाँ
सिंगो नेपालको मोलतोल हुन्छ, राष्ट्रघाती गद्दारहरूका मुखमा
जहाँ केवल नेपाली खोल हुन्छ, विदेशका महङ्गा दामहरूमा
स्वदेशको सस्तो गरिबी बेच्न, प्रत्येक दिन साँझविहान जहाँ
राष्ट्रको स्वाभिमान लिलाम हुन्छ, काठमाण्डौंं मेरो देशको आँखाँको नानी
यस्तो लाग्छ, यो कुनै दृष्टिभ्रमहरूको नगर हो
जहाँ अभाव भन्नु पनि छैन,दवाव भन्नु पनि छैन
(काठमाण्डौं मेरो देशको राजधानी – पृष्ठ ४९)

बाहिर आडम्वर र पाखण्डको लेपन लाएपनि भत्रिभत्रिै खोक्रिँदै गएको काठमाण्डौं कसरी जनघात र राष्ट्रघात गरिरहेछ भन्ने यथार्थलाई सटिक ढंगले प्रहार गर्नुभएको छ । साथै दुष्ट राजधानीको विरुद्ध गाउँ(मोफसल) राँको बालेर उठिरहेको यथार्थतर्फ पनि संकेत गर्नुभएको छ ।

मान्छे अन्याय, अत्याचार र शोषणको सिकन्जामा जेलिएको छ भने बाहिरै रहेर पनि उसको जीवन जेल जस्तो हुन्छ । पर्खाल र पहराबाहिर भएपनि ऊ बाँधिएको हुन्छ, थुनिएको हुन्छ । पराधिनता स्वयं एक खतरनाक जेल हो, जहाँ सपना देख्न प्रतिवन्ध लाइएको हुन्छ । भयग्रस्त जीवनमा कानूनका दफाले उसलाई बाँधिरहेको हुन्छ । विवशताको जीवन बतिाउनुपर्छ । बेलाकुलबेला गस्ती आएको हुन्छ । कारणअकारण स्वतन्त्र जीवन बाँच्ने हकमाथि साइरन बजाइएको हुन्छ । यस्तो सङ्गीन यथार्थलाई यसरीप्रकट गर्नुहुन्छ –

जहाँ जीवन बन्धनहरूभत्रि कैद हुन्छ
जहाँ सुन्दर सपना सधैं अवैध हुन्छ
जहाँ मुक्त आकाँक्षाहरू बन्देज हुन्छन्
जहाँ हार्दिक भावहरूमा ठेस लाग्छ ।
अनि जहाँ बासी हावा बहने दुर्गन्धमा पनि
निर्धक्क सास फेर्न प्रतिवन्ध हुन्छ
बन्दुकको पहरा होस् । अथवा त्यो कानूनको घेरा होस्
के फरक पर्यो र ?
मत्रि भयभति परिवेशमा
त्रासति जिन्दगी जहाँ बाँच्नु परेपनि त्यो जेल हुन्छ ।
(जेल पृष्ठ – ५५)

सामन्ती पतिृसत्तात्मक पुरुष अहंकारवाद डसेको समाजमा नारीको स्थान कति तल छ ? अँझ भाउजूहरूमाथि कत्ति ठूलो उत्पीडन लादिएको छ । भाउजूहरूको भागमा सधै्र्रं ताडना, विपत्ति, काम, अपहेलना, घृणा, तिरस्कार पर्नाले उनीहरूको जीवन स्वयम्मा एक नर्कशाला बनेको हुन्छ । दाजुहरूका हैकम, निरंकुशता र दम्भले भाउजूहरू निरीह, निरुपाय र निचेष्ट जीवन बतिाएका हुन्छन् । यस्तो कहाली लाग्दो अवस्थालाई मुटुछुने भाषामा यसरी प्रष्ट पार्नुहुन्छ –

सत्ते भाउजू
दाजु तपाईलाई चरणकी दासी ठान्छन्
तपाँई उनलाई शिरको स्वामी मान्नुहुन्छ
दाजु तपाईलाई विलासकी पुतली ठान्छन्
तपाईं उनलाई जीवनको साथी मान्नुहुन्छ
दाजु तपाईलाई प्रताडनाकी भागी ठान्छन्
तपाँई उनलाई बन्दनाको अधिकारी मान्नुहुन्छ
र सधैं पुज्य र आराध्यदेव सम्झेर स्वस्तिबाचन गर्दै
उनकै गोडाको जल खानुहुन्छ ।
(भाउजू – पृष्ठ –५९)

अहिले विश्वभरि युद्धको ताण्डवनृत्य कसले प्रदर्शन गरिरहेछ । हिंसाको खेती कसले गरिरहेछ । निर्दोष, निरपराधी अकिञ्चन लाटासुधा जनतामाथि गोली र बुट कसले बर्साइरहेछ । त्यो कुरा घाम जस्तै प्रष्ट छ, देशी तथा विदेशी प्रतिक्रियावादी लुटेराहरूले अहिले युद्धको खेती गरिरहेका छन् । बस्तीबस्तीमा जनतालाई सखाप पार्न आगो झोसिरहेका छन् । यिनीहरू विभिन्न बाहानामा न्यायको आन्दोलनलाई निस्तेज पार्न अनि जनतालाई अग्रगामी रुपान्तरणको लागि एकजुट हुन नदिन आतंकका नयाँनयाँ जालहरू बुनिरहेका छन् । जाति र सम्प्रदायको नाममा, रङ्ग र बर्णको नाममा, धर्म र अन्य बाहनामा फुट पार्ने, विभाजनको रेखा कोर्ने काम गरिरहेछन् । कवि युद्ध पिपासु साम्राज्यवादीहरूलाई स्पष्ट भाषामा आफ्नो सफाई दिनुहुन्छ –

म त किसान हुँ, हलो जोत्छु
कहाँ जोतें मैले खेतबारीहरूमा हलोको सट्टा बन्दुक
म त किसान हुँ, बाली रोप्छु
कहाँ रोपें मैले यस धरतीमा बालीको सट्टा बन्दुक
म त किसान हुँ, अन्न फलाउँछु
कहाँ फलाएँ मैले बस्तीहरूमा अन्नको सट्टा बन्दुक ?
म त मजदुर हुँ, पसिना बगाउँछु
मेरै पसिनाको जोडबलले
फलामपनि गलाएर इस्पात बनाउँछु
किन चाहियो मलाई
मेरै पसिनाका आर्जनहरूको सट्टा बन्दुक
(तिम्रा युद्ध र बन्दुकहरूका विरुद्ध, पृष्ट –८०)

देशमा वर्गीय उत्पीडनमात्र होइन, जातीय, क्षेत्रिय, लिङ्गीय भेदभावले गर्दा यहाँका जनताहरू विभिन्न प्रकारका विभेदको शिकार बन्नुपर्यो । जातीय छुवाछुतको नाममा हज्जारौं वर्षदेखि मनु वादी शासकहरूले एकथरि मानिसहरूलाई दलति उत्पीडितको विल्ला झुण्डयाएर शोषणदोहोन गर्दै आएकाछन् । दलतिहरूको श्रम चल्ने, सीप चल्ने तर पानी नचल्ने खालका कुसंस्कारहरू सृजना गरिएको छ । दलति जातिमाथिको यो उत्पीडनलाई सिम्ठारो धानको प्रतीकबाट यति सूक्ष्मढंगले सामन्तबादलाई प्रहार गर्नुभएको छ । त्यसको साक्ष्य यी पंक्तिहरू हुन् –

म रक्तवर्णको, अश्वेत जाति, गोराहरू राज गर्छन्
दास ठानेर ममाथि, म दीन, हीन, मलिन र उदास, सिम्ठारो धान
म सधैं आकाशे पानीको भरमा, रुखो खेतमा
उपेक्षाले फालिन्छु, विना मल, तैपनि उम्रन्छु, बढ्छु
हुर्कन्छु, फल्छु, कष्टकर जीवनपथमा, अथक र अविचल
म खस्रो र जर्रो, कुरुप र वेस्वाद, सिम्ठारो धान
विलासी महलहरूका, चौरासी ब्यञ्जनहरूमा, म कहिल्यै परिनँ
कुलिन जीव्राहरूका, राजसी परिकारहरूभत्रि, म कहिल्यै परिन
कसले खिच्यो यो, रङ्गभेदको कालोरेखा
म जन्मजात नै, बर्णभेदको सिकार, सिम्ठारो धान
धान भएर पनि, सधैं अपहेलति म, हिन्दू भएर पनि
मानैं अछुत जात हुँ, धर्म लेख्ने, अधर्मी हातहरू बताऊ
तिम्रो विभेदको कर्मशास्त्रमा, कुन निच कुलको, म कुजात हुँ ?
(सिम्ठारो धान पृष्ठ – ९५ ( ९६)

विश्वब्यापी रुपमा रहेको वर्णभेद, रङ्गभेद र जातिभेद प्रथालाई मर्म ताकेर प्रहार गरिएको यो कविता सरल र सुबोध भाषामा लेखिएको एक उत्कृष्ट कविता हो ।

बर्गीय मुक्तिबिना समग्र खाले अन्य उत्पीडनहरूबाट मुक्त हुन सकिदैन भन्ने सत्य बोध गरेका कविले नेपालको प्रत्येक भूभागलाई आँखाको नानी बनाएर सजाउनु भएको छ । पूर्वमेची देखि पश्चिम महाकालीसम्म उत्तर हिमालदेखि दक्षिण दशगजासम्मलाई प्राणभन्दा प्यारो मुटुको टुक्राको रुपमा सम्बोधन गर्नुभएको छ । लामोसमय मधेशका जेलमा बन्दीजीवन बतिाउँदा उहाँले मधेशलाई निकै निकटबाट अनुभूत गर्नुभएको छ, मधेशप्रतिको आत्मीय अनुराग र यसका दुःखहरूलाई आफ्नै कोमल करले स्पर्श गर्नुभएको छ ।

यति निकटबाट पहिले, कहिल्यै भएको थिएन
तिम्रो गहन सम्वेदनाको आशा, म पहाड हुँ, तिमी मधेश
म हिमाल हुँ, तिमी मैदान, ढुङ्गाको भर माटो तिमी हौ
माटाको भर ढुङ्गा म हुँ, म लाली गुराँस, तिमी रातो गुलाफ
म लालुपाते, तिमी लाल गुलमोहर, म शतिल बतास, तिमी न्यानो हावा
तिमी ग्रीष्म हौ, म वर्षात हुँ, तिमी शरद हौ, म वसन्त हुँ
भिन्न – भिन्न पंछीहरूको, भिन्न भिन्न गान जस्तै
हाम्रो भाषा हाम्रो वेशभुषा, भिन्नाभिन्नै भएपनि
सप्तरङ्गी इन्द्रेणीको सप्तरङ्गी माला जस्तै
हाम्रो रुपरङ्ग, हाम्रो मुखमुद्रा, भिन्नाभिन्नै भएपनि
ए, मेरो प्यारो मधेस, ए, सुन्दर शश्यश्यामल प्रदेश
(प्यारो मधेशप्रति पृष्ठ – ११७, ११८)

मधेशका पीडाहरूलाई हृदयबाट आत्मसात गनुको साथै यसबाट मुक्त हुनको लागि देशमा चलिरहेको बर्गीय मुक्ति अभियानमा मधेशपनि एकाकार हुनुपर्छ भन्ने सार्वभौम सत्यलाई प्रष्टसँग ठम्याउनु भएको छ । अहिले दुराशयभावबाट प्रेरति भएर मधेशलाई गिजोल्ने, नेपालको भूभागै होइन भन्ने किसिमले अर्थ लाउने, यसलाई टुक्र्याउने व्यक्तिहरूको निम्ति यो कविता गतिलो पठन सामाग्री हुने कुरा पक्का छ ।

मानिसका मुक्तिका अजम्वरी सपनाहरू जतिनै दमन गरेर, हत्याहिंसा गरेर, घेराबन्दी र गिरफ्तारी गरेर, गोली दागेर, जिउँदै आगोमा जलाएर खरानी बनाउन सकिदैन । अजम्वरी सपनाहरू दमन र हिंसालाई चिर्दै, संकल्पको महाभियानमा सलल गतिशील भैरहन्छन् । घर, गोठ, करेसा, आँगन, गाउँ,, जङ्गल, खर्क, खलिहान, बाटो, दोबाटो, देउराली, भन्ज्याङ्ग बेसी, मैदान घेरेर मुक्तिका उद्धाम सपनालाई काला शासकले कहिल्यै घेर्न सक्तैनन् । बालक, बृद्ध, महिला, जवान, पाहुना, विमारी, सुत्केरीलाई थुनेर चेतनाका धुनहरूलाई थुन्न सकिदैन भन्ने कुरालाई सजीव ढंगले यसरी प्रतिविम्बन गर्नुभएको छ –

अबोध नावालकलाई थुन, अशक्त बृद्धहरूलाई थुन
अदना महिलाहरूलाई थुन, निरपराध नौजवानहरूलाई थुन
निर्दोष पाहुनाहरूलाई थुन, रोगी विरामीहरूलाई थुन
रक्तमुछेल सुत्केरीहरूलाई थुन, चेतनाका सचेत धुनहरूलाई थुन
अँध्यारोमा पिल्सेका जुनहरूलाई थुन …
आवाजका गुन्जनहरूलाई थुन, तरपनि थुनिदैन कहिल्यै
हाम्रो संङकल्पको महान् सपना
(अजम्वरी सपना, पृष्ठ –१४०,१४१)

यो देशका धर्तीपुत्र आदिबासी जनजातिहरूका तडपनहरूलाई, अभाव र वेदनाहरूलाई कथ्य बनाएर अनेकौं सुन्दर कविताहरू रचना गर्नुभएको छ । भिखारिंदास सदालाई अपहेलति आदिबासी जनजातिको प्रतीकपुञ्ज बनाएर सशक्त भावहरूको अभिव्यक्तिदिनु भएको छ । तराईको शश्यश्यामल भूमिलाई उर्बर बनाउने, अन्नबाली उत्पादन गर्ने, दुनियाँलाई पाल्ने श्रमजीवी मुसहरहरू (सदाहरू) सधैं पसिना पोख्छन् । तातोघाम झरीबादल वर्षाको पर्वाह नगरी रुझीभिजी मेहनत गर्छन् तर यो पसिनाको फल तनतनी पिउने अर्कै वर्ग छ । त्यो वर्गको समुल अन्त्य नभै मुक्तिको नयाँ विहानी कदापि आउदैन, यो मार्मिक सत्यलाई कवि इच्छुकले यसरी बोध गर्नुभएको छ –

र हातमा फगत कोदालो सिवाय,केही छैन तिम्रो सम्पतिको नाममा
भिन्सारै उठ्यो,बोक्यो खर्पन र कोदालो,
निस्क्यो मजदुरीमा माटो काट्यो, सम्यायो खेतबारी,
तर जति सम्याएपनि धर्तीको माटो, सम्मिएन कहिल्यै,
हिमचुलीजस्तै अग्लो विषमता समाजको …
आदिवासी दिवसको दिन, म सोच्ने प्रयास गर्छु
भिखारिंदास सदा !, छातीभत्रि तिम्रो दुर्गम प्रदेशमा
चल्छ कि चल्दैन हिजोआज, असन्तोषको ठूलो आँधीवेहेरी
या फाट्तैछ, कालोबादलजस्तै, तिम्रो पींडाको बाक्लो तुवाँलो ?
मधेशको तातो हावासँग,म सोध्ने प्रयास गर्छु ।
(आदिवासी दिवस र भिखारिंदास सदा पृष्ठ १६३,६४)

कवि इच्छुक सङ्घर्षको भिषण दर्वियानमा कहिल्यै निराश भएनन् । कस्तै यातानहरूबीच पनि एकरति डग्मगाएन । आफ्नो आस्थाको निम्ति अविचल, अथक र अटल रहे । वरु जीवन आहुति गर्न तत्पर रहें तर वर्गदुश्मनका अगाडि कहिल्यै झुकेनन् । उहाँलाई आफूले गरेको यात्राप्रति गर्व थियो । विचारमा उहाँ सतिसाल जस्तो अडिग रहनुभयो कालारातका अनुयायीहरूले, जनता तर्साउने निशाचरहरूले भोलिको उज्यालो विहानलाई गर्भमा तुहाउन जति कोसिस गरेपनि, उहाँलाई एक पछि अर्को रुपमा निराश बनाउन अनेकौं हर्कत गरेपनि ती हर्कतहरूलाई कलमबाटै चिरिदिनु भयो । निरकुंश खुनी सामन्ती राज्यसत्ताको स्तुतिगायन, भाटगिरिप्रथाप्रति उहाँले तीव्र आपत्ती जनाउनु भयो । चारणगायकहरूका हरेक कृत्यलाई भत्सर्ना गर्नुभयो । शोषतिपीडित वर्गको मुक्तिको निम्ति झुल्किने नयाँ प्रभातको प्रशंसामा गीतहरू गाउनु भयो । कालोरातको उछत्तिो काढ्दै उज्यालो दिनको स्वागतमा लेख्नुभयो –

म गाउँछु सधैं तिम्रो जयगान, त्यसमै छ धर्तीको सुखद मुस्कान
प्रवञ्चतिहरूको पीडा उद्धार, र, अपमानतिहरूको बृहत् आत्मसम्मान
ए मेरो सुन्दर स्वर्णिम प्रभात, कुरुप अन्धकारका ठेकेदारहरू
जतिसुकै यसक्षण आत्मरतिमा रमाउन्, म अहिले हतास छैन
मेरो हृदयभरि छ तिम्रै आलोकको मधुरस्पर्श
मेरो आँखाँभरि छ तिम्रै सम्मोहनको सुन्दर चत्रि
म देखिरहेछु भोलिको उज्यालो संसार, जहाँ खुशीको स्वागतद्धारमा उभेर
सुनिरहेछु तिम्रो विशाल जयजयकार, ए मेरो सुन्दर स्व्र्णिम प्रभात
निराशा मृत्यु हो आशा जीवनको आधार, म अहिले निराश छैन
म कति हतास छैन ।
(म अहिले निराश छैन, पृष्ठ – १७७)

चरम निराशातुल्य समयरेखामा पनि आशावादको ज्योति जलाएर आत्मसङ्घर्ष गर्ने इच्छुकको कवत्वि, उनको जीवन जस्तै उज्यालोले आभामण्डति छ ।

आफू रोगले आक्रान्त भएर अस्पतालको शैयामा लडिरहँदापनि आफ्नो रोगभन्दा नेपाल आमाको रागेप्रति अर्थात् रोगीदेशप्रति चिन्तति भएर आफ्ना अनुभूतिलाई सजीव ढ्रगले पोख्नुभएको छ । उहाँलाई आफ्नो रागेको पीडाले भन्दापनि देशको पीडाहरूले घायल बनाएको छ । उहाँको अन्तरहृदयमा हर्दम देश दुखिरहेको छ । जबसम्म सिंगो देश आइया आत्थोबाट मुक्त हुँदैन, यसले युगौंदेखि भोग्दै आएको दीर्घरोगको पीडालाई जब उपचार गरिन्न तबसम्म हामी समुलरुपमा स्वस्थ्य हुने कुरा फगत कल्पनामात्र हुन्छ । देशको मुटुमा लागेको भयानक रोगको उपचारमा ठूलो शल्यक्रियाको आवश्यकता छ । बाहिरी मलमपट्टिले होइन, मेजर अपरेशनबाट रोगलाई फाल्नुपर्छ र देशलाई स्वस्थ बनाउनुपर्छ । यो मेजर अपरेशन भनेको युगान्तकारी परिवर्तन ल्याउने क्रान्ति हो, त्यसैले उनी क्रान्तिको उपासना यसरी गर्दछन् –

यो पीडा मेरो होइन,देशको पींडा हो ।
यो पीडा तिम्रो होइन,युगको पीडा हो ।
बिदा भएर गएको वूढो शताब्दी जस्तो,अस्पतालको शैप्याबाट
अशक्त र रोगाक्रान्त भएर ढलिरहेछु म
बाढी आइरहेको बेला, छालहरू उर्लिरहे जस्तै
मनभत्रि चिन्ताका हिमतालहरू फुटिरहेछन् ।
र यस्तो लाग्छ, आज मलमपट्टि होइन
यो देशले पूर्ण रोग नै जडननिर्मूल पार्ने
एउटा ठूलो चिरफार खोजिरहेको छ ।
(रोगी देश –पृष्ठ १८३)

महान् सहिदहरूको अर्चना गाउँदा गाउँदै उहाँले पनि सहादता प्राप्त गर्नुभयो । उहाँले देश र जनताको मुक्ति वाहेक अरुचिज केहीपनि देख्नु भएन । आज देश गणतन्त्रको युगमा प्रवेश गरेको छ । यसमा इच्छुकले वगाएको रगत र उहाँले साधना गरेको अक्षरअभिव्यञ्जनाको विशिष्ट भूमिका रहेको छ । उहाँ आफँै वलिदान भएर जीवन न्यौछावरको समरयात्रामा ध्रुवतारा बन्नुभएको छ । उहँले देखेको सपना अँझै पूर्ण भएको छैन, हामी अधुरो प्राप्तिमा अड्किएका छौ । उहाँले सहिदले देखाएको बाटोमा इमानका साथ, निष्ठका साथ, अविचल आस्थाका साथ यात्रा गर्नुभयो । ती महान् अग्रज सहिदप्रति उहाँको श्रद्धाभाव यस्तो थियो –

आकाशका असंख्य ताराहरू मध्ये
एउटा तार झरेर जाँदैमा केही फरक पर्दैन
तर त्यो तारा यदि तिमी भए कुरो अर्कै हो
वगैचाका असंख्य फूलहरूमध्ये
एउटा फूल ओइलिएर जाँदैमा केही फरक पर्दैन
तर त्यो फुल यदि तिमी भए कुरो अर्कै हो
पानसका असंख्य ज्योतिहरूमध्ये
एउटा ज्योति निभेर जाँदैमा केही फरक पर्दैन
तर त्यो ज्योति तिमी भए कुरो अर्कै हो
तिमीे असंख्य ताराहरू मध्ये कीर्तिमय तारा ‘ध्रुवतारा’ हौ
तिमी असंख्य फूलहरूमध्ये सुन्दरफूल लालीगुराँस हौ
तिमी असंख्य ज्योतिहरूमध्ये चम्किलो ज्योति महाज्योति हौ
प्रिय सहिद ! तिमी महान छौ, श्रद्धेय छौ, अमर छौ
र युगयुग सदासर्वदा अमर रहनेछौ

बास्तवमा कवि कृष्ण सेन ‘इच्छुक’ आफैँ आकाशको असंख्य तारामध्येको परैबाट प्रष्टसँग चिनिने ध्रुबतारा बन्नुभयो । धर्तीमा फुःल्ने असख्य मानवफूल मध्येको कहिल्यै नओइलाउने अजम्वरी फूल वन्नुभयो । उज्यालो फाल्ने ज्योतिहरूमा उहाँ महाज्योति बनेर जनमनमा टाँगिनु भयो । यस्तो सार्थक जीवन वाँच्नुभयो । यस्तो सार्थक मृत्यु मर्नुभयो । जो मरेर पनि कहिल्यै नमर्ने अमृत विम्बको रुपमा हाम्रो सामु खडा हनुभयो । त्यसैले त उहाँको जीवन र कवत्विको सार्थकता, सान्दर्भिकता र प्रमाणिकता दिन दुईगुना राता चौगुना वढेर गएको छ ।

समग्रमा कवि कृष्ण सेना ‘इच्छुक’का फुटकर कविताहरूको विवेचना गर्दा भावगत हिसावले प्रगतिवादी विचारको ओजस्वी छटा फिँजारिएको पाउँछौ । आमूल परिवर्तनको मूलमन्त्रलाई कविताको अन्तर्लयमा खिपेर क्रान्तिको आवहन गरिएको हुन्छ । कविताको केन्द्रीय तत्व अर्थात कवितारुपी शरीरको मेरुदण्ड नै भावरविचार हो । उहाँले देश र जनताको मुक्तिको सपनालाई काव्यसाधनाको विषयवस्तुको रुपमा छनौट गर्नुभएको छ । सुकोमल, सुन्दर तथा कारुणिक भावतरङ्गलाई रागात्मक अनुभूतिको चास्नीमा डुबाएर उच्च र गहकिला अनि विषयवस्तुमा त्यतिकै खिरिला अनि प्रभावकारी कविताहरू लेख्नुभएको छ ।

कविताले लयको अनौठो आस्वादन दिलाउँछन् । गद्यलयमा संरचति कवितामा पनि अन्तरलयको अर्थात् अन्तरसङ्गीतको सुमधुर झंकार गुन्गुनाउन सकिन्छ । विम्ब र प्रतीकको प्रयोग तथा अलंकार योजनाको शिल्पगत आयाममा इच्छुकका कवितामा कतै खोट लाउन सकिने ठाउँ छैन । कविता सिधासिधी कुरा गरेजस्तो, बात मारे जस्तो विधा होइन, यसले वक्रशैलीको माग गर्दछ । लाक्षणिकता र व्यञ्जनात्मकता भएन भने कविता उत्कृष्ट बन्न सक्तैन ।

कविता ब्यञ्जनामा वोलेका छन् । लक्षणाको लहरलाई समातेर हिडेका छन् । प्रथमपुरुष म र हामी, द्धतिीय पुरुष तिमी सर्वनामको दृष्टिविन्दुमा कविले आफ्नो भावाव्यक्ति पाठकसामु पुर्याउने कोसिस गर्नुभएको छ । सुकोमल र सरल भाषाशैलीमा शक्तिशाली भावहरूलाईरहृदयका आवेग र संवेगहरूलाई, मुटु छुने अनुभूतिहरूलार्य प्रकट गर्नसक्नु कवि इच्छुकको शानदार खुबी हो । यो खुबीबाट नवोदति काव्यकर्मीहरूले धेरै धेरै सिक्न सक्नुपर्छ ।

कवितामा कवि इच्छुकले स्थापति गरेको महान् सत्य के हो भने नेपाली जनसमाजमा हज्जारौ हज्जारवर्षदेखि शासन गर्दै समान्ती खुनी राजतन्त्रलाई समुल अन्त्य गरी जनगणतन्त्रको उज्यालो विहानी ल्याउनको लागि थालिएको सशस्त्र जनयुद्ध र यसले स्थापति गरेको बलिदानको महागाथालाई आफ्नो काव्यकर्मबाट जुन वाणी प्रदान गर्नुभयो, जुन भावको सश्लेषण गर्नुभयो । त्यसको विजयश्री हाता लागेको समय हो यो । अपतिु प्राप्तिहरू अधुरा छन् तर पनि इच्छुकहरूले काव्यमार्फत् याचना गरेको चिजको जति भएको छ । पूरै नभएपनि कालोरातको धुस्सा च्यात्ने काम भएको छ । इच्छुकका काव्यको मर्म समयक्रममा अरु हज्जारौ गुणा वढात्तरी भएर गएको छ । उहाँले उठान गरेको काव्यधारामा युगचेतनाले आफूलाई समाहति गरेको छ ।

वर्तमान कवितालेखनको प्रगतिवादी धारामा इच्छुक एउटा ओजस्वी नाम भएको छ । आफ्ना शब्द र कर्मको सहचार्यले उहाँ युगयुग पुजिरहने पुजनीय नाम वनिसक्ने भएको छ । अभाव र उत्पीडनको राज तोड्नको लागि उहाँले उठाएको कलमअश्त्र वर्गवैरीको लागि घातक शुल वन्दैछ । इच्छुकको शशरीर उपस्थति यतिखेरको समयको माग हो तर हामी उहाँलाई गुमाउन विवश छौं । उहाँको अभावमा प्रगतिवादी शिविरको साँस्कृतिक आन्दोलन कुन रुपले अगाडि वढ्ला, त्यसले सही गन्तव्य ठम्याउला या नम्याउला समयका विकारहरूसँग सृष्टाहरू कसरी जुझ्लान प्रश्नप्रतिप्रश्नहरू जन्मिएका छन् । तर पनि इच्छुकको जीवन र उहाँको काव्यकर्महरू हामी सबै स्रष्टाहरूको लागि एक मार्गदर्शक सिद्धान्तको रुपमा स्थापति भैसकेको छ । उहाँको विचार, चिन्तनधारा र काव्यकर्मले हरक्षण चाहिने जति दिशा निर्देशन गर्न सक्छ ।

खुनी राजतन्त्रका पहरेदार आततायीहरूले उहाँलाई पिटी पिटी मारेपनि उहाँ र उहाँका कविताहरू युगका कालजयी दस्तावेज वनेर नेपाली जनसाहत्यिको महाकाशमा अंकति भैसकेका छन् । महाजनसमरको महागाथामा उहाँका एक एक अक्षरहरू अजरअमर वनिसकेको सत्य घाम जस्तै चहकिलो छ । उहाँ हामी स्रंष्टाहरूको निम्ति मुटु छुने कविताका हरफहरूमा हरक्षण् उपलब्ध भैरहनु हुनेछ ।moolbato.com बाट