त्रिशूलीमा ट्रक खस्यो, सहचालक बेपत्ता

679
views

भरतपुर, २८, असार । चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दी खोलाबाट ट्रक त्रिशूली नदीमा खसेको छ । पृथ्वी राजमार्गअन्तर्गत पर्ने सडकबाट त्रिशुली नदिमा त्रिशूलीमा खस्दा ट्रकका सहचालक बेपत्ता भएका छन् । ट्रकका चालक घाइते भएका छन् । भैरहबाबाट दाना बोकेर काठमाडौँ जाँदै गरेको ना ४ ख १७९६ नम्बरको ट्रक त्रिशूलीमा खसेको हो ।

ट्रकका सहचालक दाङ घोराही बस्ने २५ वर्षीय अनिल गुरुङ बेपत्ता भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । गाडीका चालक ललितपुर बस्ने ४६ वर्षीय माधव थापामगर घाइते भएका छन् । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।