आँफुबाटै सुशासनको अभ्यास–प्रदेश प्रहरी प्रमुख घिमिरे

386
views

महेन्द्र जिसी
पर्वत ।  प्रहरीले आँफुबाटै सुशासनको अभ्यास शुरु गरेको प्रदेश प्रहरी प्रमुख विनोद प्रसाद घिमीरेले बताएका छन् । निरीक्षण अनुगमनका क्रममा पर्वत आएको घिमीरेले समुदाय प्रहरी साझेदारी कार्यक्रमले समुदायको तल्लो तहसम्म शान्ति सुरक्षाको अनुभुति गराएको दाबी गरे ।

गृह जिल्ला पर्वतं आएका घिमीरेले स्थानीय सरकारको वडा तहसम्म प्रहरी संगठनहरु पुगेर सर्वसाधरणसँग पहुँच विस्तार भईरहेको पनि जानकारी दिए ।

उनले मुलुकले अबलम्बन गरेको सुखि नेपाली, समृद्ध नेपालको अभिलाषा पुरा गर्न निजी क्षेत्रबाट लगानीको वातावरण तयार पार्न आँफुहरु लागि परेको धारणा व्यक्त गरे ।

स्थानीय तहदेखी प्रदेश र संघसम्म सुशासनको वातावरण तयार पारेमा सुरक्षित लगानीको वातावरण तयार हुने घिमीरेको भनाई थियो । उनले लगानी बढेमा उद्योग, कलकारखाना सञ्चालनमा आउने र रोजगारको अवसरहरु बढने समेत बताए ।

जिल्ला प्रहरी कार्यालय पर्वतद्वारा आयोजित अन्र्तक्रिया कार्यक्रममा सहभागीहरुले घरेलु मदिरा नियन्त्रण भन्दा व्यवस्थापन र नियमन गर्नुपर्नेमा जोड दिएका थिए ।

अन्त्रकृयामा सहभागिहरुले नगर पालिका स्तरमा सुरक्षाको अवस्था सन्तोस जनक रहे पनि गाउँपालिकाहरुमा अझै सुरक्षा दरवन्दीहरु आवश्यक रहेको बताए । ग्रामीण भेगसम्म यातायात पहुँच विस्तार भईसकेकोले एक पालिका एक प्रहरी चौकी विस्तार गर्न आवश्यक रहेको सहभागीहरुको भनाई थियो ।

कार्यक्रममा जिल्लाको सुरक्षास्थितिवारे जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी गराएका थिए ।

कार्यक्रममा बजारको शान्ति सुरक्षाको निम्ति सिसीटिभि जस्ता आधुनीक उपकरणको मर्मत सम्हार गर्न आवश्यक रहेको विषयमा चर्चा गरिएको थियो ।