‘‘मेरो बचत मेरो कर्जा” सञ्चालनमा

688
views

पर्वत । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ‘‘मेरो बचत मेरो कर्जा” सञ्चालनमा ल्याउने भएको छ । आर्थिक बर्ष ०७६/०७७ को सुरुवातसंगै नयाँ कार्यक्रमको रुपमा “बचत तथा कर्जा कार्यक्रम” अन्तर्गत संस्थामा आबद्ध हुननसकेका ग्राहकहरुलाई समुहमा आबद्ध गरि आर्थिक रुपमा आयआर्जन मार्फत सक्षम बनाउन पे्ररित गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत राम हरि दाहालले बताउनुभयो ।

ग्राहकले खोलेको खातामा दैनिक मौज्दातमा ८ प्रतिशत ब्याज दिनेछ । संस्थाका शाखा कार्यालय रहेको स्थानबाट केही दुरी भित्र स्थायी बसोबास गरी साना तथा मझौला ब्यापार ब्यवसाय गरीरहेका महिला तथा पुरुष परिवारहरुको वित्तीय सुविधा प्रदान गर्नु कार्यक्रमको प्रमुख उद्धेश्य रहेको संस्थाले जनाएको छ ।

लघुवित्तको परम्परागत ढाचा अनुसार लघुवित्तमा आबद्ध हुन नसकेका ग्राहकहरुको लागी संचालनमा ल्याएको हो । सो कार्यक्रमको प्रमोसनको लागि २ दिने अभिमुखिकरण तालिम सम्पन्न गरेको छ ।