सी चिनफिङको नेपाल भ्रमण र नयाँ सन्देश

723
views

– केशव नेपाल
चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपालको राजकीय भ्रमणले नयाँ तरङ्ग, बहस र छलफल नै शुरु गरेको छ। चीन नेपालको छिमेकी राष्ट्र भएर पनि राष्ट्रपतिले लामो समयसम्म भ्रमण नगरेको अवस्थामा राजकीय भ्रमण हुँदा चर्चा परिचर्चा हुनु स्वभाविकै छ र हुन्छ । चीन संसारकै एउटा शक्तिशाली देश र त्यसको शक्तिशाली राष्ट्रपति सी चिनफिङले नेपालको भ्रमण गर्नु र नेपालको पूर्वाधार विकासका लागि समझदारी गर्नुले विगतको सम्वन्धलाई झन प्रगाढ र नयाँ उचाइमा रुपान्तरण गरिदिएको छ ।

चीन नेपालको विकासमा साझेदार छिमेकी राष्ट्र हो । नेपाल निकट छिमेकी भएर पनि त्यसको लाभ लिन सकेको छैन । नेपालको विकासमा यसअघि चीनले बनाइदिएका धेरै महत्वपूर्ण पूर्वाधारहरु थिए। तर, चीनले निर्माण गरिदिएका उद्योगधन्दा कलकारखानाहरु नीजिकरणका नाममा समाप्त गरिएका छन् । चीनले खडा गरिदिएका ती कलकारखाना र उद्योगधन्दाहरुको संरक्षण र सम्र्वद्धन गर्दै तीव्र गतिमा विकास र विस्तार गर्नुपर्नेमा त्यसलाई नै समाप्त गरेको देख्दा चिनियाँ मित्रहरुको मन कुडिनु स्वभाविकै हो । तर, पनि चीनले नेपालको विकासमा आफ्नो लगानी गर्न छाडेको चाहिँ छैन ।

यो भ्रमण र समझदारीले नयाँ गति लिने वातावरण सिर्जना भएको छ । राष्ट्रपति सीले सहमति कार्यान्वयन गरेरै छाड्ने अठोट दो¥याउनुले समझदारी कार्यान्वयन हुने कुरामा अब दुविधा छैन । नेपालको राजनीतिक नेतृत्व र कर्मचारीतन्त्र सीको स्प्रिटमा काम गर्न सक्छ कि सक्दँैन ? त्यो हेर्न बाँकी नै छ । अहिले चीन विश्वको दोश्रो अर्थतन्त्र भएको देश हो र अब चाँडै संसारमा पहिलो देश बन्न तीव्र गतिमा अगाडि बढिरहेको छ । नेपालमा राजतन्त्रको अन्त्य भई गणतन्त्रको स्थापना गरिएको छ । नयाँ संविधान निर्माणपछि तीनै दलका सरकारहरु निर्वाचित भएर कार्यरत छन् । नेकपाको नेतृत्वमा दुई तिहाईको सरकार छ । प्रदेश र स्थानीय तहमा पनि अधिकांश सरकार नेकपाकै छन् । नेपाल तीव्र गतिमा विकास गर्न चाहन्छ ।

चीन तीव्र गतिमा विकास गर्दै एउटा विकसित देश बनेको छ । नेपाललाई विकासमा फड्को मार्न सहयोगी मित्रहरु आवश्यक छ । त्यसका लागि चीन एउटा महत्वपूर्ण विश्वासिलो र भरपर्दो मित्र देश हो। नेपाल चीनको छिमेकी देश, जुन अल्पविकसित रुपमा गुर्जिदै छ । त्यसलाई विकसित देशमा रुपान्तरण गर्नका लागि चीन र भारत दुवैले साथ सहयोग विगतमा भन्दा बढी दिनुपर्ने आवश्यकता छ ।

तर प्राकृतिक कारण र ऐतिहासिक उदाहरण दिएर सामाजिक दायित्व बहन गर्ने मान्छेले यौन उच्छृंखलता गर्न मिल्दैन ।अझै गम्भीर कुरा त महिलालाई उपभोग्य वस्तुको रूपमा प्रयोग गर्नु र सत्ताशक्ति र धनको वलमा महिलाको अस्मिता हरण र यौनशोषण गर्नु कानूनी दृष्टिले समेत दण्डनीय हुन्छ ।

चीन तीव्र गतिमा विकास गर्दै एउटा विकसित देश बनेको छ । नेपाललाई विकासमा फड्को मार्न सहयोगी मित्रहरु आवश्यक छ । त्यसका लागि चीन एउटा महत्वपूर्ण विश्वासिलो र भरपर्दो मित्र देश हो। नेपाल चीनको छिमेकी देश, जुन अल्पविकसित रुपमा गुर्जिदै छ । त्यसलाई विकसित देशमा रुपान्तरण गर्नका लागि चीन र भारत दुवैले साथ सहयोग विगतमा भन्दा बढी दिनुपर्ने आवश्यकता छ । त्यस कारण चिनियाँ राष्ट्रपति सी चिनफिङको ऐतिहासिक भ्रमणको अवसरमा जुन सहमति र सम्झौता गरिएका छन्, त्यसले नेपालको विकास नयाँ चरणमा प्रवेश गर्न नयाँ आधारहरु खडा हुने भएका छन् । दुई देशको सम्वन्धको नयाँ उचाई लिएको परिस्थितिमा पुरानो सोच र शैलीबाट होइन, नयाँ सोच र नयाँ शैलीबाट योजनाहरु कार्यान्वयन गर्नु मुख्य कार्यभार हुनेछ ।

नेपाल एउटा भूपरिवेष्ठित देश हो । तर, चिनियाँ राष्ट्रपतिले नेपाललाई भूपरिवेष्ठित देशबाट भूजडित देश बनाउने सपना साकार तुल्याउन अठोट गरेर नयाँ सन्देश दिनुभएको छ । त्यसले नेपालले विश्वभर सम्पर्क, सम्वन्ध विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्न सक्नेछ। जसरी लाओस भूपरिवेष्ठित देश भएर पनि भूजडित देशमा बदलिएको छ । राष्ट्रपति सी चिनफिङले नेपालमा पहिलो पटक भ्रमण गरेता पनि उहाँ नेपालप्रति अपरिचित हुनुहुन्थेन। नेपालबारे उहाँ जानकार नै हुनुहुन्छ । उहाँ तिब्बतमा रहँदादेखि नै नेपालको भूराजनीतिक यथार्थ नजिकबाट नियाली रहनुभएको राजनेता हुनुहुन्छ ।

राष्ट्रपति सीले आफ्नो आलेखमा चीनले नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वतन्त्रता, देशको अखण्डताको रक्षा गर्न र देशको अवश्यकता अनुसार विकासको मार्ग अपनाउन दृढतापूर्वक सहमति गर्ने कुरा उल्लेख गर्दै नेपाल एक चीन नीतिमा अडिग रहेको र त्यसको दृढताका साथ पालना गरेको कुरालाई महत्वका साथ उठाउनु भएको छ ।

नेपालले ‘वेल्ट एण्ड रोड’ पहलको निर्माणमा सक्रियताका साथ भाग लिइरहेको र राजमार्ग निर्माण तथा स्तरोन्नति, बन्दरगाह, विमानस्थल, विद्युत गृह लगायतका भौतिक पूर्वाधारहरुको निर्माणमा चीनसँग सहकार्य गर्दै आएको कुरालाई पनि त्यत्तिकै महत्वका साथ उठाएको छ ।

चीन विशाल देश जहाँ अधिकांश वौद्ध धर्मलम्वीहरु रहेका छन्। नेपाल बुद्ध जन्मिएको देश । दक्षिणी चिनियाँहरुको छनोटको पहिलो गन्तव्य देश नेपाल रहेको कुरा पनि सीले आफ्नो आलेखमा स्पष्ट गर्नुभएको छ । त्यति मात्र होइन, सन् २०२० लाई नेपालले पर्यटन वर्षका रुपमा मनाउने कुरामा जोड दिँदै चिनियाँहरुलाई नेपाल भ्रमण गर्न उत्प्रेरणा दिने कुरालाई अगाडि सार्नुभएको छ । दुई देशबीच हवाई उडान वृद्धि हुँदै गएकाले अझ बढी एक अर्को देशमा भ्रमण गर्न सकिने विषयलाई पनि सीले आलेखमा प्रष्ट्याउनु भएको छ । बढीभन्दा बढी नाकाहरु खोली हिमालय वारपार गर्न र वहुआयामिक सम्पर्क सञ्जाल निर्माण गर्ने कुरामा जोड दिनुभएको छ । जसले गर्दा नेपाल भूजडित देश बन्न सक्ने सम्भावना बलियो बनेर गएको छ ।

सीले नयाँ युगमा चीन–नेपाल सम्वन्धलाई नयाँ उचाई र गतिमा पु¥याउन दुवै पक्षले दीर्घकालीन सम्वन्धका खाका तयार गर्दै त्यसका लागि उचस्तरबाट आदानप्रदान कायम गर्नुका साथै देशको सुशासन तथा विकासको अनुभव साटासाट गर्दै दुवै देशका जनतालाई अझ बढी फाइदा पुग्ने विषयमा जोड दिनुभएको छ ।

चीनले चिनियाँ उद्यमीहरुलाई नेपालमा व्यापार, लगानी पूननिर्माण, उर्जा र पर्यटनमा लगानी गर्न प्रेरित गरेको र नेपालका विभिन्न उत्पादनहरुलाई चीनमा निर्यात गर्न चीनले स्वागत गर्ने कुरा स्पष्ट गरिएको छ ।

दुई देशका शहरहरुलाई भगिनी सहरका रुपमा प्रस्ताव गर्न उत्प्रेरित गर्ने कुरा सीले उठाउनुभएको थियो । यही भ्रमणको अवसरमा काठमाडौं महानगर र नाञ्जिङ शहर, बुटवल उपमहानगर र चीनको जियान शहरसँग भगिनी सहर बनाउन सहमतिमा हस्ताक्षर समेत गरिएको छ। त्यसले जनस्तरमा नयाँ आयाम थप्ने छ ।

नेपाल चीनसँग सीमा जोडिएको देश हो। जनवादी क्रान्ति आर्जन चीन र नेपालबीच समस्याहरु थिए र नै युद्धसम्म भएको थियो । जब चीनमा जनवादी क्रान्ति सम्पन्न भयो, त्यसपछि नेपाल र चीनबीच सीमा लगायतका समस्याहरु छैनन् । बरु मित्रता नै कायम रहेको छ। अहिले नेपालको उत्तरी दुई नाकाहरु चालु छन् । अब अझ धेरै उत्तरी नाकाहरु खोल्ने कुराले चीनसँगको सम्वन्धलाई अझ वृद्धि गर्न सकिन्छ ।

चीन–नेपाल सीमामा रेलमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने कुरा भ्रमणका अवसरमा समझदारी हुनुले एउटा नयाँ आयाम थपिएको छ । केरुङदेखि काठमाडौंसम्मको सुरुङ मार्ग परियोजनालाई अगाडि बढाउन जोड दिइएको छ । अरनिको राजमार्ग स्तरोन्नति गर्नुका साथै कोशी गण्डकी र कर्णाली करिडोर निर्माणमा जोड दिनुले उत्तरतिरको कठिन आवातजावतलाई सुगम बनाइदिने छ । उत्तरी धेरै नाकाहरु खोल्नु भनेको चीनसँग सबै ढोकाहरु खुल्ला गर्नुजस्तै हो । जसरी दक्षिणतिर सबै ढोकाहरु खुल्लै छन् ।

चीनले ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने नेपालको अभियानलाई मूर्त रुप दिन जोड दिनुले चीन नेपालको सुखदुखको मित्र र विश्वासिलो साझेदार हो भन्ने कुरालाई राम्रोसँग प्रकट भएको छ । सी आफ्ना योजना र कार्यक्रमबाट नतिजा खोज्ने राजनेता हुनुहुन्छ । उहाँले बनाएका र अघि बढाएका योजनाहरुलाई पूरा गरेरै छोड्ने कुरा उहाँले बारम्बार दो¥याउनु हुन्छ। उहाँको त्यही नीति र विचारका कारण चीन आज विश्वमा शक्तिशाली राष्ट्रका रुपमा खडा भएको छ । सीको भनाइ र गराइमा एकरुपता हुनुपर्छ भन्ने जुन सोच छ, त्यो नै शिखरमा पुग्ने कडी बनेको छ ।

चीन विश्वमा उदाउँदो शक्ति हो। चीन विज्ञान, प्रविधि र प्राविधिकको प्रचुर मात्रामा उपयोग गरी देशलाई विकसित नयाँ ठाउँमा पुर्याउन सफल भएको छ । चीनले औद्योगिक उत्पादन र निर्यातमा विश्व कीर्तिमान कायम गरेको छ । संसारमा चिनियाँ उत्पादन नपुगेको ठाउँ कमै होला । कुनै देशले चाहेर पनि चीनको उत्पादन रोक्न सक्दैन । विश्वमा सोभियत संघ विघटन भएपछि अमेरिका एउटै महाशक्तिका रुपमा खडा भएकोमा अब चीनले अमेरिकालाई सबै क्षेत्रमा उछिन्ने स्थिति विकसित भइरहेको छ। चीन अमेरिकालाई उछिन्न चौतर्फी विकासमा केन्द्रित भएको छ ।

सी निकै महत्वकांक्षी र परिणाममूखी नेता हुन। उनले चिनियाँ जनतालाई चीन चाडै सुपर पावर हुने सपना देखाएका छन्। र, त्यसलाई चाडै विपनामा उतार्न शक्ति केन्द्रित गर्न पुगेका छन् । सारा चिनियाँहरु सीको सपना पूरा गर्न एक ढिक्का भएर अगाडि बढिरहेका छन्। त्यसैले नै आज चीन र भारत मिलेर त्रिदेशीय साझेदारीमा अगाडि बढ्न आवश्यक छ भन्ने कुरा उठिरहेको छ । चीन त्यो दिशामा आगाडि बढ्न चाहन्छ। तर, भारत अझै सहमत भइसकेको छैन ।

नेपाल न भारततिर ढल्कन चाहन्छ, न चीनतिर। नेपाल भातर र चीसँग मिलेर अगाडि बढ्न चाहन्छ । नेपाल पञ्चशीलको सिद्धान्तमा अडिग रहनुपर्दछ र असंलग्नताको सिद्धान्त अपनाउँदै आएको हो र अपनाउँदै जाने छ। विकासको निम्ति चीन र भारत दुवैसँग सहमति र समझदारी गरेर अगाडि बढ्न चाहन्छ । दुवै देश विकासको तीव्र गतिमा अगाडि बढिरहेका छन् । दुवैको विकासबाट नेपालले लाभ लिन सक्नु पर्दछ। त्यो नै नेपालको हित र स्वार्थमा छ ।

नेपाल अब औद्योगिक उत्पादन गर्न र विकासका पूर्वाधार खडा गर्न दृढताका साथ अगाडि जानु पर्दछ । जसले रोजगारी सिर्जना गर्न सक्नु पर्दछ। नेपालसँग पर्याप्त पूँजी छैन । राष्ट्रिय हित र स्वार्थलाई केन्द्रमा राखेर मित्र राष्ट्रहरुसँग पूर्वाधार निर्माण र उत्पादन वृद्धि गर्न अनुदान र सहुलियत ऋण लिनुको विकल्प छैन । चीन थोरै अनुदान धेरै सहुलियत ऋण र नेपालको आफ्नै लगानी सहितको साझेदारी गर्न चाहन्छ। नेपाल अनुदान नै अनुदान चाहन्छ। त्यो कुरामा चीन सहमत हुन सकेको छैन । त्यो सम्भव पनि छैन ।

भारत र अमेरिका लगायतका राष्ट्रहरुको कुरा पनि त्यही हो। अब नेपालले विकासमा फड्को मार्नका लागि सरकारी, नीजि र सहकारीलाई क्षेत्र निर्धारण गरेर अगाडि बढ्न ठोस र मूर्त योजनाहरु तयार गर्नु र त्यसलाई समयमै पूरा गर्नु आवश्यक छ । चीन जुन ठाउँमा पुगेको छ, त्यसले एकैचोटी पुगेको होइन । जब माओत्सेतुङले जनवादी क्रान्ति सम्पन्न गर्नुभयो, र पूर्वाधारहरु खडा गर्नुभयो। त्यही जगमा टेकेर अहिले चीन विश्वमा पहिलो महाशक्ति राष्ट्र बन्नका लागि अगाडि बढिरहेको छ । चीनले नेपालको विकास र समृद्धिका लागि जुन सहमति गरेको छ, त्यसले एउटा नयाँ सन्देश दिएको छ । त्यसलाई व्यवहारमा उतार्दै तीव्र गतिमा अगाडि बढेर नेपाललाई समृद्ध बनाउन सकिन्छ र नेपाली सुखी बन्न सक्नेछन् ।