आणविक कार्यक्रमलाई निरन्तरता दिने उत्तर कोरियाको घोषणा

426
views

एजेन्सी । उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् । उत्तरले निकट भविष्यमै रणनीतिक हतियार पेश गर्ने तयारी गरेको जनाएको छ । अमेरिकासँग आणविक हतियारका विषयलाई लिएर सम्बन्ध बिग्रिएका बेला नेता किम जोङ उनले आफूहरुले थप आणविक परीक्षण गर्न लागेको बताएको कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।

नेता किमले गत शनिबार सत्तारुढ वकर्स पार्टीको बैठकमा नयाँ रणनीतिक योजना सार्वजनिक गरेका थिए । उनले उत्तर कोरियाको आणविक परिक्षणको अवरोधलाई अझ विकसित गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेको समाचार सार्वजनिक भएका थिए ।

यसैबीच अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरिया आफैं द्वन्द्वमा जान चाहेको आरोप लगाएका छन् । उनले उत्तरको एकलौटी निर्णयले अफ्ठेरो पर्नसक्ने चोतावनीसमेत दिए । यसअघि राष्ट्रपति ट्रम्पसँग भएको वार्ताममा नेता किमले अमेरिकाले आफ्नो अपेक्षा पूरा नगरे नयाँ बाटो अवलम्बन गर्ने बताएका थिए ।