बागलुङमा मनाइयो प्रजातन्त्र दिवस

1068
views

सीताराम थापा
बागलुङ । एक सय चार वर्षको जहानियाँ राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ आज ७० औं प्रजातन्त्र दिवस बाग्लुङमा धुमधामका साथ मनाइएको छ । जिल्ला समन्वय समिति बाग्लुङको मुल समारोहमा एकसय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७० औँ प्रजातन्त्र दिवस मनाइएको हो ।

दिवसको अवसरमा बिहान बागलुङ बजारमा र्यालीको आयोजना गरिएको थियो । र्याली पछि जिल्ला समन्वय समितिको सभाहलमा मुल समारोहमा प्रतिनिधिसभा सदस्य मनकुमारी केसि, संविधानसभाका सदस्य बलावती शर्मा, नरवहादुर थापा, प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटा, बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल, जिल्ला समन्वय समितिका उप–प्रमुख विष्णु भुसाल, बागलुङ नगरपालिकाका उप प्रमुख सुरेन्द्र खडका, प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजु, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला सचीव ज्ञामनाथ गैरे, नेपाली काङ्ग्रेस सभापति दिपेन्द्र बहादुर थापा मगर लगाएतले सम्बोधन गरे ।

प्रजातन्त्र दिवसको अवसरमा आज सांझ दिपावली गर्ने कार्यक्रम रहेको मुल समारोह समिति जिल्ला समन्वय समितिले जनाएको छ । कार्यक्रम मुल समारोह समितिका जिल्ला समन्वय समिति प्रमुख राजेन्द्र ढुङ्गानाको अध्यक्षता तथा सदस्य सचिव प्रदिप चन्द्र सुबेदीले संचालन गरेका थिए ।