पर्वत पकुवाका राजकुमारको कोरियामा निधन

633
views

पर्वत २७ जेठ । दक्षिण कोरियामा पर्वत पकुवाका एक युवाको निधन भएको छ । दक्षिण कोरियाको ख्यांगिँदो पुछन सुगुरी स्थित एक फर्निचर कम्पनीमा कार्यरत कुश्मा नगरपालिका ११ का २८ वर्षिय राजकुमार बिकको बिहीवार मेशिनमा बेरिएर निधन भएको हो ।
विगत ३ बर्ष अघि कोरिया पुगेका बिकको कम्पनीमा काम गर्दा गर्दै दुर्घटनामा परेर निधन भएको हो । उनको शवलाई प्रहरीले नियन्त्रणमा लिएको बताईएको छ । कम्पनी मालिकलाई घटनाबारे सोधपुछ गर्न नियन्त्रणमा लिएको त्यहि कम्पनीमा कार्यरत एक नेपालीले घरपरिवारलाई जानकारी दिएका छन् । औपचारिक रुपमा जानकारी भने नआएको पारिबारीक श्रोतले जनाएको छ ।
घटनाबारे नेपाली दूतावासमा सम्पर्क गर्ने प्रयास गर्दा सम्पर्क हुन नसकेको बताइएको छ । नेपालमा हजारौँ यूवाहरूले कोरियाली भाषा परिक्षा दिने तयारी गरिरहेको पूर्वसन्ध्यामा यस्तो दुर्घटना भएको हो ।