भरतपुर महानगरका सबै विद्यालयमा पठनपाठन हुने

633
views

भरतपुर, ११, मंसीर । भरतपुर महानगरको शैक्षिक प्रशासन महाशाखाले पठनपाठन सुचारु गर्न विद्यालयहरुलाई आग्रह गरेको छ । महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्रप्रसाद पौड्यालले जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालना गरेर विद्यालयमै विद्यार्थी उपस्थित गराउन आग्रह गरिएको बताए ।

शिक्षा प्रशासन महाशाखाले आलोपालो वा सिफ्टमा थोरै विद्यार्थी राखेर पढाउन अनुरोध गरेको हो । जोखिम नभएका विद्यालयमा एउटा बेञ्चमा बढीमा दुई विद्यार्थी राखेर पढाई सुरु हुनेछ ।

अधिकाँस विद्यालयले असोजदेखिनै भौतिक रुपमै विद्यार्थी बोलाएर पढाई सुचारु गरेका थिए । ५० भन्दा कम विद्यार्थी भएका विद्यालयले सबै कक्षा एकै पटक चलाउन सक्नेछन् ।

धेरै विद्यार्थी भएका विद्यालयले तीन सिफ्टसम्म विद्यालय चलाउन पाउनेछन् । भरतपुर महानगरमा १ सय २३ सामुदायीक र ९७ वटा संस्थागत विद्यालय छन् । २ सय वटा सरकारी स्तरका बालविकास केन्द् छन् । ३ कक्षा मुनिका विद्यार्थीलाई सकेसम्म विद्यालयमै राखेर नपढाउन सुझाइएको छ ।