कलंकीमा ट्रकले ठक्कर दिँदा एकजनाको मृत्यु

313
views

काठमाडौं । कलंकीमा ट्रकले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ।

दुर्घटनामा अन्य ६ वटा सवारी साधनमा क्षति भएको ट्राफिक प्रहरी महाशाखाका प्रमखु एसएसपी जनक भट्टराईले जानकारी दिए।

थानकोटबाट कलंकीतर्फ आउँदै गरेको मालबाहक ट्रकले एकसाथ छ वटा सवारी साधनलाई ठक्कर दिएको हो। प्रदेश–२ ०३००१ ख १४२०को ट्रकको ब्रेक फेल हुँदा अन्य सवारी साधनलाई ठक्कर दिएको प्रहरीको अनुमान छ।

घटनास्थलमै ओखलढुंगा घर भएका अन्दाजी ३० वर्षीय शंकर परियारको मृत्यु भएको महानगरीय प्रहरी वृत्त कालीमाटीले जनाएको छ।

दुर्घटनामा थप ६ जना घाइते भएका छन्। उनीहरुको विभिन्न अस्पतालमा उपचार भइराखेको छ।