ओली सरकार विरुद्ध पर्वतमा प्रर्दशन

456
views

पर्वत, २९, मंसिर । ओली सरकार विरुद्ध नेपाली काँग्रेस पर्वतले सडकमा प्रर्दशन गरेको छ । वर्तमान सरकारका विरुद्ध विभिन्न प्लेकार्ड सहित नारावाजी गर्दै प्रर्दशनमा आएको काँग्रेसले लोकतान्त्रिक चोकदेखी वडागाउँ पुगेर पून लोकतान्त्रिक चोकमा आएको थियो ।

प्रर्दशनकारीले ओली सरकारको सर्वसत्तावादी अधिनायकवादी शैलीले आम सर्वसाधारणले दुःख पाएको भन्दै राजिनामा समेतको माग गरेका थिए ।

प्रधानमन्त्री विरुद्ध नारावाजी लगाउँदै प्रर्दशनकारीले नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा धरपकड गरि नियिन्त्रण ईिन ओली सरकारको अधिनायकवादी सोंच भएको बताएका थिए ।