एसियामा एक अर्ब डोज कोरोनाविरुद्धको खोप दिन क्वार्ड समूह सहमत

799
views

एजेन्सी । सन् २०२२ को अन्त्य सम्ममा एसियामा कोरोना भाइरस विरुद्धको एक अर्ब डोज खोप उपलब्ध हुने भएको छ । चार शक्तिशाली मुलुकको क्वार्ड नामक समूहले पहिलोपटक आयोजना भर्चुअल बैठकमा अमेरिका, अस्ट्रेलिया, भारत र जापानका नेताहरुबीच यस्तो सहमति बनेको हो ।

दक्षिणपूर्वी एशियामा चीनमा उत्पादन भएको खोपको प्रभाव बढेको भन्दै ती राष्ट्रहरुले एशियामा आफूहरुले निर्माण गर्ने खोप वितरणको तयारी थालेका हुन् ।

चीनको खोप कुटनीति बलियो बन्दै गएको भन्दै ती राष्ट्रहरुले खोपमा भएको चीनको एकाधिकार तोड्न सहमत भएका हुन । बैठकमा अमेरिकाले शुरुको अवस्थामा दक्षिण पूर्वी एसियामा खोपको मात्रा पु¥याउनु पर्नेमा जोड दिएको छ ।

जोनसन एण्ड जोनसनले उत्पादन गरेको कोरोना विरुद्धको खोप एकै डोज भए पुग्ने भएकाले सो खोप भारतमा उत्पादन गर्ने योजना समेत समूहले बनाएको छ ।

भारतको उत्पादन, अमेरिकी प्रविधि, जापान र अमेरिकाको आर्थिक सहयोग र अस्ट्रेलियाकाको आपूर्ति प्रबन्धले तोकिएकै अवधिमा खोप उपलब्ध हुने विश्वास गरिएको छ ।

खोप दक्षिण पूर्वी एसियाली मुलुकको संगठन आसियान साथै प्रशान्त र अन्य स्थानमा पनि पु¥याइने जनाइएको छ ।सन् २००७ मा गठन गरिएको क्वार्ड नामक समूहले पहिलोपटक भर्चुअल बैठक भएको हो ।