एन पी घायलको

‘के था?’ कविता 

898
views

गुलामीको भर्‍याङ चड्न नसक्नेहरु
ज्यूँदा सहिद बन्दा रहेछन्
स्वाभिमानलाई छातीमा राखेर ज्यूँने
आवाज विहिनका बुलन्द आवाजहरु
पैतलामुनी राखिएका निधारका अक्षर
घटीया नजरमा बकम्फुस हुँदा रहेछन् ।

फेरि तिमी
त्यही उल्टो जुत्ताको तलुवा चाटेर
कुन स्वतन्त्रताको सन्जिवनी भेट्न
हनुमान बनिरहेछौ र?

ओ प्रियहरु
कागजका हात्तीको बाटोमा
प्रकृतीको यथार्थ धरातल

जिन्दगीमा सत्मार्गको स्पर्श कहाँ भेटीन्छ र ?

यो तिमी हिंड्दै गरेको कुन बाटो हो रु

अपांगता भएको लाई के था?
म दृष्टीविहिन लाई के था ?
खै के भन्नू भो
म कान नसुन्ने बहिरो

म बोल्न नसक्ने लाई के था?