पर्वतको पैयुँमा आगलागी, घरगोठ जले

1692
views

पर्वत, २७, चैत्र । पर्वतको पैयुँ गाउँपालिकाको वडा नम्बर–६ स्थित डाँडाखर्कमा आज दिउसो आगलागी भएको छ । आगलागीबाट ६ घर र नौ गोठमा क्षति पुगेको छ ।

जङ्गलमा लागेको आगोले बस्ती समातेपछि घर र गोठ जलेको इलाका प्रहरी कार्यालय हुवासका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विजयकुमार सिंहले जानकारी दिए ।

आगलागीबाट दुई घरमा पूर्णरूपमा क्षति भएको छ भने चार घरमा आंशिक क्षति पुगेको छ । आगलागीबाट नौ गोठ जल्दा केही चौपाया मरेका छन् ।

आगलागी नियन्त्रणका लागि पर्वतको सदरमुकाम कुश्मा बजारबाट थप शक्ति मगाइएको स्थानीयको भनाई छ ।