वाइन किङ्ग उमन्स प्रो ३५ फ्रेण्डशिप क्रिकेट सिरिज २०२१ हुने

485
views

पोखरा । पोखरा क्रिकेट क्लवको आयोजनामा पोखरामा वाइन किङ्ग उमन्स प्रो ३५ फ्रेण्डशिप क्रिकेट सिरिज २०२१ हुने भएको छ । आयोजक क्लवद्वारा शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आगामी बैशाख ३ र ४ गते पोखरा क्रिकेट रंगशालामा उक्त प्रतियोगिता हुने जानकारी दिइयो ।

३५ ओभरको प्रतियोगितामा काठमाण्डौको एक र पोखराको एक टिम गरि दुई टिमको सहसभागिता रहने प्रतियोगिता संयोजक गोविन्द प्रधानले जानकारी दिए । सोही समारोहमाा मदिरा व्यवसायी समितिका अध्यक्ष डिल्लीराम पनेरुले प्रतियोगिताको मुख्य ट्रफि सार्वजनिक गरे ।

पोखराको तर्पmबाट पोखरा क्रिकेट क्लव र काठमाण्डौको अल्फा एकेडेमी बिच हुने प्रतियोगितामा विजयी हुने टिमले ट्रफि सहित प्रमाण पत्र पुरस्कार प्राप्त गर्नेछ भने उपविजेतालाई प्रमाणपत्र प्रदान गरिने छ । त्यसैगरि दुई खेलमा म्यान अफ द म्याच र सर्वोत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने पनि सो अवसरमा जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा बोल्दै आयोजक पोखरा क्रिकेट क्लवका अध्यक्ष निकेश श्रेष्ठले प्रतियोगिताबाट पोखरामा क्रिकेटतर्फ आकर्षित महिला खेलाडीहरुलाई थप उर्जा प्राप्त हुने विश्वास लिएको बताए । पोखरा क्रिकेट क्लवले महिला खेलाडीहरुका लागि प्रतियोगितात्मक रुपमा शुरुवात गरेको भएपनि आगामी दिनहरुमा अन्य कार्यक्रम तथा प्रतियोगिताहरु आयोजना गरिने पनि उनले बताए । प्रतियोगितामा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्रिकेटको अनुभव बटुलिसकेका खेलाडीहरुको सहभागिता रहने क्लवका उपाध्यक्ष उत्सव शाक्यले बताए ।

क्लवका सदस्य कपिलदेव गौतमले सञ्चालन गरेको कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरी, क्लवका संस्थापक देवी प्रसाद गुरुङ्ग, क्लवका द्वितिय उपाध्यक्ष चन्द्र गुरुङ्ग जिम्मी, पूर्व खेलाडी ऋषिकेश शर्मा पौडेल लगायतले आ–आफ्नों भनाई राखेका थिए ।

प्रतियोगिताको मुख्य प्रायोजक वाइन किङ्ग प्रालिका प्रोपाइटर मंगल शेरचन र बिरेन्द्र पुनले प्रतियोगितासंग जोडिन पाएकोमा खुसि व्यक्त गर्दै क्रिकेट विकासका लागि प्रालिले आगामी दिनहरुमा पनि सहयोग गर्दै जाने बताए ।