दक्ष जनशक्ति नहुँदा अस्पतालमै थन्कियो ऐक्सरे मेसिन

426
views

सल्यान । जिल्लाको छत्रेश्वरी गाउँपालिका – ५ लेखपोखरा स्वास्थ्य चौकीमा एक्सरे मेशिसन थन्किएको छ ।

स्वास्थ्य चौकिमा काम गर्ने दक्ष जनशक्ति नहुँदा तीन वर्ष देखि एक्सरे मेशिन थन्किएको हो ।

एक्सरे मेशिन प्रयोगमा नआउँदा स्थानीय सेवाग्राही समस्यामा परेका छन । एक्सरे मेसिन प्रयोगमा नआउँदा स्वास्थ्य चौकीमा आउने बिरामी श्रीनगर, खलंगा जानु पर्ने बाध्यता छ ।

मेसिन चलाउने जनशक्ति नहुँदा र एक्सेरका केही पार्टस नआउँदा तीन वर्षदेखि प्रयोग बिहिन भएको लेखपोखरा स्वास्थ्य चौकीका सिनियर अ.हे.व. वीर बहादुर वलीले बताए । एक्सरे मेशिनको पुरा पार्टस नआउँदा पनि समस्या भएको उनको भनाई छ ।

स्वास्थ्य चौकीमा कम खर्चा सेवा दिन पाइने भन्दा चौकीमा बिरामी आउने गरेको भएपनि मेशिन बिग्रिदा अन्य ठाउँमा महंगो शुल्क तिरेर सेवा दिन बाध्य छन् ।

एक्सरे मेशिन सञ्चालन नहुँदा, गर्भवती, बालबालिका र वृद्धवृद्धा बढी समस्यामा परेको स्वास्थ्य महिला स्वयमसेविका झुपा खत्रीले बताइन । गाउँठाउँमै हुने सानो समस्याको समाधानका लागि पनि जिल्ला बाहिर जानु पर्ने बाध्यता रहेको उनको भनाई छ ।