जनताको ज्ययानमाथि खेलावाड गर्दै ठाटीकाँध

303
views

दैलेख  । दैलेखको ठाटीकाँध गाउँपालिकाले बिरामीलाई समयमै उद्धार नसक्दा हालसम्म दुइजनाले ज्यान गुमाइसकेका छन् । गाउँपालिकाले कहिले पैसा दिएन भनेर त कहिले उद्धार गर्नमा वेवास्ता गरेका कारण हालसम्म दुइजनाले ज्यान गुमाएका हुन् । बेला बेला ठाटीकाँध गाउँपालिका अध्यक्ष जनताको लागि जनताले निर्वाचित गरेपनि जनताको पिर मर्का बुझ्न नसक्ने अध्यक्ष भएको बताउँदै आएका छन् ।

घटना १  गएको वर्ष २०७६ भदौमा ठाटीकाँध १ सिराडीकि २३ वर्षिय पार्वती शाहीको समयमै उद्धार नहुँदा मृत्यु भएको थियो । आफन्तले बारम्बार गाउँपालिकासँग उद्धारको लागि हार गुहार गरेपनि गाउँपालिकाले समयमै उद्धार गर्नमा चासो दिएन । गाउँपालिकाकै लापरबाहीले सुत्केरी महिलाको ज्यान गयो । पार्वतीको मृत्यु भएपछि उनका आफन्तले गाउँपालिकास्थित स्वास्थ्य केन्द्रमा तालाबन्दी समेत गरेका थिए ।

घटना २  बुधवार गाउँपालिकाको वडा नम्बर ५ का मञ्जु विककी डेढ महिने छोरीको पनि समयमै एम्बुलेन्स उपलब्ध नगराउदा मृत्यु भएको छ । डेढ महिने छोरीमा अकस्मात श्वासप्रश्वासमा समस्या आएपछि मञ्जुले प्राथमिक सस्वास्थ केन्द्र लकान्द्रमा पुर्याएकी थिइन । प्राथमिक स्वास्थ केन्द्रले सक्दो उपचार गरी थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत रेफर गरेको थियो ।

प्राथमिक स्वास्थ केन्द्रले सुर्खेत रेफर गर्दा आफन्तले एम्बुलेन्स खोज्न थाले । त्यसका लागि गाउँपालिकालाई अनुरोध गरियो । तर, गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले एम्बुलेन्सको भाडा स्वरुप ९ हजार रूपैयाँ अग्रिम भुक्तानी मागे । शिशुका आफन्तसँग तुरुन्तै एम्बुलेन्सलाई दिनका लागि पैसा थिएन ।

शिशुका आफन्तले गाउँपालिका अध्यक्ष शाहीलाई पहिले बालिकालाई अस्पताल पुर्याउ अनी पैसाको जोहोमा लागौला भन्दा उनले मानेन गाउँपालिका अध्यक्ष शाहीले ९ हजार रुपैयाँ अग्रिम पाएपछि मात्रै एम्बुलेन्स पठाउने अड्डि कसेको स्थानीयले भने । ‘पैसा जोहो पछिगरेत भइहाल्थ्यो,मानिसभन्दा पैसा नै ठुलो भयो र अहिले एम्बुलेन्स अभावकै कारण शिशुको मृत्यु भयो ।’

शिशुका आफन्तसँग तत्काल ९ हजार रूपैयाँ थिएन । त्यसपछि उनीहरू सहयोगका लागि प्रहरी कहाँ पुगे । प्रहरीको सहयोगमा ८ घण्टापछि एम्बुलेन्स प्रदेश अस्पताल पठाइयो । त्यति गर्दा नवजात शिशुको अवस्था निकै नाजुक बनिसकेको थियो । एम्बुलेन्स प्रदेश अस्पताल पुग्न करिब आधा घण्टा मात्र बाँकी रहँदा सुर्खेतको बड्डीचौरमा बुधबार बिहान साढे ४ बजे शिशुको ज्यान गयो ।

पीडितका आफन्तले समयमै गाउँपालिकाले सहयोग गरेको भए शिशुको ज्यान बच्ने बताएका छन तर, यता गाउँपालिका अध्यक्ष शाहीले आफनो कमजोरी अस्वीकार गरे ।

एम्बुलेन्स उपलब्ध गराइएन भन्ने कुरा गलत हो,’उनले भने,‘ एम्बुलेन्सका ड्राइभर किशोर विक हुन्।, उनले पैसा मागेका हुन्। म कहाँ त्यो कुरा पुगिसकेपछि मैले एम्बुलेन्स लैजान भनेको थिए,तर पनि उनले मानेनछन् ।’
शाहीका अनुसार आफुले नै आफूले नै प्रहरीसँग समन्वय गरेर एम्बुलेन्सको व्यवस्था गरेको हो ।

स्थानीयका अनुसार ठाटीकाँध गाउँपालिका(५ तोलीजैसीबाट सुर्खेत पुग्न एम्बुलेन्सलाई बढिमा पाँच घण्टा लाग्छ । आठ बजे एम्बुलेन्स हिडेको भए पनि १ बजे सुर्खेत पुग्नुपथ्र्यो। तर, शिशुको ज्यान बिहान ४ बजे बिचबाटोमै गएको छ । यसले पनि गाउँपालिका अध्यक्षले झुठा बोलिरहेको पुष्टि हुन्छ, बिरामीका आफन्तले भने ।