इजरायल जान लिएको भाषा परिक्षामा २ हजार ३९ विद्यार्थी उत्तीर्ण

454
views

काठमाण्डौ, ३०, भदौ । सरकारले इजरायलमा केयरगिभर सम्बन्धी रोजगारीका लागि लिएको अंग्रेजी भाषा परीक्षामा दुई हजार ३९ परीक्षार्थी उत्तीर्ण भएका छन् ।

भाषा परीक्षामा उत्तीर्ण भएकाहरूको ’फिजिकल फिटनेस’ जाँच असोज १, २ र ३ गते बिहान र दिउँसोको समयमा हुने वैदेशिक रोजगार विभागले जनाएको छ ।

लिखित परीक्षामा उत्तीर्ण भई उचाइ र तौल नापमा पनि उत्तीर्ण हुनेहरूको असोज ४ गतेदेखि ९ गतेसम्म अन्तर्वार्ता हुनेछ ।