पर्वतका सबै वडामा एमालेको अधिवेशन सकियो

650
views

पर्वत, ७ कात्तिक । पर्वतमा नेकपा एमालेले अधिकाँश स्थानीय तहका वडा अधिबेशन सम्पन्न गरेको छ । कतिपयमा विवाद भएपछि अधिबेशन प्रक्रियामै राखिएको छ । जिल्ला ६१ वडा मध्ये ४५ भन्दा बढि वडामा अधिवेशन सम्पन्न भएको नेकपा एमाले पर्वतका सचिब पदमपाणी शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार सातै पालिकाका अधिकांस वडाहरुमा सम्पन्न भएको हो ।

पर्वतको कुश्मा नगरपालिका १ मा केदारनाथ पौडेलको अध्यक्षतामा वडा समिति चयन भएको छ । वडा नम्बर २ खुर्कोटमा बुद्धि पौडेल, कुश्मा ५ मा टंक लामिछाने, ६ मा कृष्ण गिरी, ७ मा तेज गिरी, ८ चुवामा कुलप्रसाद पोखरेल, ९ मा उपेन्द्र शर्मा अधिकारी, १३ मा तिलक लामिछाने र १४ मा होमनाथ रिमालको अध्यक्षतामा वडा समिति चयन भएका छन् । अहिले सम्म ४, ३, १०, ११, १२ मा नगर प्रतिनिधि र सदस्यहरु चुनिएपनि सवै विवरण आईसकेको छैन ।

फलेवास २ मा भिमबहादुर भण्डारी, मुडिकुवामा नारायण कुँवर, देबिस्थानमा राजेन्द्रवहादुर क्षेत्री, लिमिठानामा केशर पन्त, ठानामौलामा दर्शन घले, भंगारामा होमवहादुर क्षेत्री, कुर्घामा गोबिन्दवहादुर क्षेत्री र पाङराङमा रुद्र पाठक अध्यक्ष बन्नुभएको छ । कार्किनेटा, शंकपोखरी र खानीगाउँमा भने सदस्यताको विवादले अधिबेशन प्रक्रियामा रहेको छ ।

पैयुँ गाउँपालिका वडा नम्बर १ मा, मनिलाल तिवारी, वडा नम्बर २ मा कृष्ण सापकोटा, वडा नम्बर ३ मा कृष्णलाल भुसाल, वडा नम्बर ४ मा टुकलाल न्यौपाने, वडा नम्बर ५ मा घनश्याम भुर्तेल, वडा नम्बर ६ मा गंगा अधिकारी र वडा नम्बर ७ मा बुद्धि सापकोटाको अध्यक्षतामा समिति बनेको छ ।
विहादीका अधिकाँश वडामा अधिबेशन सम्पन्न भएको छ । बिहादी १ मा तेजेन्द्र खड्का, २ मा रामप्रसाद पराजुली, ३ मा कुलवहादुर बोटे, ४ मा रामहरी भट्टराई र ६ मा नामदेव भट्टराईको अध्यक्षतामा वडा समिति चयन भएका छन् ।

मोदी गाउँपालिका ७ मा वाहेक अरु वडामा अधिबेशन मार्फत नेतृत्व चयन भएको छ । मोदी गाउँपालिका १ मा बलराम जैसी, २ मा बेलवहादुर कार्की, ३ मा रनवहादुर पुन, ४ मा प्रतवहादुर पुन, मोदी ५ मा राजेश शाही, ६ मा टेकबहादुर भुवाजी, ८ मा शुकवहादुर गुरुङको नेतृत्वमा वडा कार्यसमिति चयन भएको छ । मोदी ७ मा भने दुईजना आकांक्षी भएकाले अधिबेशन प्रक्रियामा रहेको छ ।

महाशिलामा लुंखु र वालाकोटमा अधिबेशन उद्घाटन मात्रै भएको छ भने वडामा बन्द सत्र विभिन्न मितिमा तोकिएको जिल्ला सचिवालय सदस्य जीवन उचै ठकुरीले जानकारी दिनुभयो । जलजला २ मा वमबहादुर बिक, जलजला ४ मा भरत घर्ती, जलजला ७ मा बेदनिधी आचार्य चयन हुनुभएको छ । अन्य वडाहरु मध्ये केहिमा सर्वसम्मत र केहिमा निर्वाचनको प्रकृया आरम्भ गरिएको छ ।