नेपाल परिवार दलको कर्णाली प्रदेश अधिवेसन सम्पन्न

1464
views

सुर्खेत । नेपाल परिवार दलको कर्णाली प्रदेश अधिवेसन सम्पन्न भएको छ । नेपाल एकघर सम्पुर्ण नेपाली एक परिवार भन्ने नाराका साथ अधिवेसन सम्पन्न भएको हो ।

अधिवेसनबाट नेपाल परिवार दलका केन्द्रिय सदस्य कर्णाली प्रदेश अध्यक्ष चयन भएका छन् । उपाध्यक्षमा कमला केसी,लोकेन्द्र थापा,सचिव योगेन्द्र कार्की,सहसचिवमा मोहनलाल विक,कोषाध्यक्षमा हरिकला गुरुङ्ग चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा सन्त बहादुर रेश्मी,मनोज थापा,मनोज बोहोरा,कमल बुढा,दिनेश काफ्ले,कमल भण्डारी,इन्द्र बहादुर केसी,सफु खड्का,डिभाई भण्डारी,सरिता अधिकारी चयन भएको नेपाल परिवार दलका केन्द्रिय सदस्य रुपसिंह भण्डारीले जानकारी दिए । त्यस्तै डिल्ली प्रसाद न्यौपाने,चन्द्रा धमला,इन्द्र केसी नेत्र शाही,कष्ण शाही चयन भएको भण्डारीले बताए ।

यस्तै जिल्ला जिल्ला कमिटिमा मनोज थापा अध्यक्षमा चयन भएका छन् । उपाध्यक्षमा इन्द्र केसी,सचिवमा नन्द कृष्ण आचार्य,सहसचिव दिनेश काफ्ले,कोषाध्यक्ष खगिसरा गुरुङ्ग,सदस्य टिकाराम सावद,निशा सर्मा प्रेम न्यौपाने,अमर थापा,नरेन्द्रबहादुर शाही,तुल्सी गुरुङ्ग,जगत दर्लामी सदस्यमा चयन भएका छन् । यस्तै नगेन्द्र तारामी,गगन दलामी सदस्यमा चयन भएको केन्द्रिय सदस्य भण्डारीले जानकारी दिए ।

नेपाल परिवार दल जनजिविकाको सवालमा पत्येक्ष जोडिएर अघि बढ्ने दल भएको नेपाल परिवार दलका केन्द्रिय सदस्य रुपसिंह भण्डारीले बताए । पार्टि सानो भएर केही हुँदैन,’उनले भने, ‘एक दिन यहि सानो पार्टिलाई जनजनको मुटुमा बस्न सफल गराउने छौँ ।’

पार्टि सानो भएर केही हुँदैन भण्डारीले थपे आगोको भिल्को पनि सानो हुन्छ । तर,त्यस्ले ठुलो रुपमा परिणत हुन्छ । हामी पनि एक दिन आगोको भिल्को जस्तै फैलिने जमर्को गर्दै छौँ उनले भने ।