प्रदेश–२ : देउवा विरुद्ध निधि र कोइरालाको गठबन्धन

717
views

काठमाण्डौं, ६, पुस । नेपाली कांग्रेसको प्रदेश–२ को अधिवेशन आजदेखि हुँदैछ । आज दिउँसो १ बजे उम्मेदवारको मनोनयन गर्ने समय तोकिएको प्रदेश निर्वाचन समितिले जनाएको छ ।

समितिकाअनुसार चुनाव भोलि हुनेछ । प्रदेश–२ मा सभापति शेरबहादुर देउवा विरुद्ध शेखर कोइराला र विमलेन्द्र निधि समूहबीच गठबन्धन बनेको छ । देउवा समूहले सभापतिमा कृष्ण यादवलाई उम्मेदवारमा अघि सारेको छ भने निधिले आफू निकट रामसरोज यादवलाई अघि सारेका छन् ।

कोइराला समूहले निधिका उम्मेदवार यादवलाई नै समर्थन गर्ने भएको छ । गृह प्रदेशमा आफ्नो प्रभाव स्थापित गराउने प्रयासमा निधि छन् ।

प्रदेश–२ को चुनावमा झण्डै २ हजार ७५ मतदाता छन् । कांग्रेसको विधानअनुसार प्रदेश अधिवेशनमा महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधि मतदाता हुन्छन् ।