सिरियाको समुद्री तटमा डुङ्गा दुर्घटना : ३४ जनाको मृत्यु

314
views

एजेन्सी, ७, असोज । सिरियाको समुद्री तटमा भएको डुङ्गा दुर्घटनामा ३४ जना शरणार्थीको ज्यान गएको छ । लेबनानबाट शरणार्थी बोकेर छुटेको डुङ्गा सिरियाको समुद्री तटमा दुर्घटना भएको बीबीसीले जनाएको छ ।

दुर्घटनामा परेका ३४ जनाको शव फेला परेको र २० जनालाई जीवितै उद्धार गरिएको सिरियाको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । उद्धार गरिएका उनीहरुको सिरियाली सहर टार्टसमा उपचार भैरहेको छ । डुङ्गामा सयभन्दा धेरै रहेको हुनसक्ने अनुमान छ ।

डुङ्गा लेबनानको बन्दरगाह त्रिपोली नजिकै रहेको मिन्येहबाट छुटेको थियो । आर्थिक सङ्कट उन्मुख लेबनानबाट स्थानीय बासिन्दा तथा शरणार्थीहरु युरोप, अमेरिका जाने गरेका छन् । लेबनानमा १० लाखभन्दा धेरै सिरियाली शरणार्थी रहेको अनुमान छ ।