जिल्ला अस्पताल पर्वतमा पानी पुर्याउन टेंकर व्यवस्था

49
views

नवदृष्टि संवाददाता
पर्वत, २३, चैत्र । जिल्ला अस्पताल पर्वतमा पानीको माग पूर्तिगर्न टेंकरबाट पानीको आपूर्ति गर्न थालिएको छ । विशेषगरि हिउदे सिजनमा पर्याप्त पानी कमभएपछि पानीको आपुर्तिको लागि सो विकल्प थालिएको हो । दैनिक ३० हजार लिटर पानी खपत हुने पर्वत जिल्ला अस्पतालमा हिउँद याममा पानी नपुग्ने भएकाले टेंकरबाट पानीको आपुर्तिको व्यवस्था गरिएको जिल्ला अस्पताल पर्वतले जनाएको छ ।

अघिल्लो समितिले डण्डारेखोलामा ९९ लाख रुपया लगातमा बनाएको ट्याङ्की बाढीको कारणले बगाएपछि अर्काे विकल्पमा पानी ल्याउनुपर्ने बाध्यता सृजना भएको छ । जिल्ला अस्पतालमा स्थायी रुपमा पानीको व्यवस्थागर्न लिफ्ट सिस्टमको खानेपानी योजनालाई कार्यान्वय गर्न लागि परेको छ । पानीको माग पुरागर्न कुश्माबजारस्थित गोपाङघाटमुनी रहेको पानी ल्याउने योजना बनाईएको जिल्ला अस्पताल व्यवस्थापन विकास समितिका अध्यक्ष शंकर गिरीले बताए ।

अध्यक्ष गिरिले अस्पतालमा खानेपानीको सहज व्यवस्थागर्न पहल गरिएको बताए । उनले गोपाङघाट मुनिको पानीलाई लिफ्ट बाट ल्याउन सकेको खण्डमा पानीको समस्या हल गर्न सहज हुने विश्वास गरिएको बताए ।

जिल्ला अस्पताल पर्वतले प्रयाप्त पानी व्यवस्थापनकोलागि पहल कदम बढाउन आवश्यक सहयोगको लागि सरकारसग माग गरिरहेका छ । जिल्ला अस्पताल पर्वत १५ सैयाको रहेपनि व्यवस्थापन समितिको सक्रियता ६० शैयाको संचालनमा रहेको छ । जिल्ला अस्पताल पर्वतमा दैनिक ३ सयको हाराहारीमा उपचार गर्न आउने गरेका छन् ।