सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

58
views

काठमाण्डौ, २३, चैत्र । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन् । प्रदेश प्रमुख नजिर मियाँलाई राजीनामा बुझाएका शाहले हिजो प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका थिए । उनले विश्वासको मत पाउने अवस्था थिएन ।

सत्ता साझेदार नागरिक उन्मुक्तिका सबै सांसदले विश्वासको मत नदिने भएपछि मुख्यमन्त्रीले राजीनामाको विकल्प रोजेका थिए । गएको वर्ष तत्कालीन मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत पाउन नसकेपछि संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतले कांग्रेसका शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

मुख्यमन्त्री शाहले आफ्नो पार्टी कांग्रेसका १८, नागरिक उन्मुक्तिका सात, राप्रपाका एक र एक स्वतन्त्र सांसदको समर्थनमा बहुमतका लागि आवश्यक २७ सिट पु¥याउने कसरत गरेका थिए ।