जिल्ला अस्पताल पर्वतमा १२ घण्टा ओपिडी सेवा

131
views

नवदृष्टि संवाददाता
पर्वत, २७, चैत्र

जिल्ला अस्पताल पर्वतले १२ घण्टा ओपिडी सेवा प्रदानगर्न सुरु गरेको छ । सोमबार एक सुचना जारीगर्दै शनिवार र सार्वजनिक विदा बाहेक बिहान ७ बजेदेखि बेलुकी ७ बजे सम्म सेवादिन सुरु गरेकोे हो ।
सो सेवा सुरुगरेपछि भिडभाड कमहुने समयको बचत, खालीपेट रगत परिक्षणगर्न सहज हुने र रिफरहुने विरामी समयमै रिफरहुन पाउने बताईएको छ । ओपिडी सेवा १२ घण्टा सुरु भएपछि सेवा लिन थप शुल्क लाग्दैन, स्वास्थ्य बिमा कार्ड लिएर आउनेकालागि कमखर्च लाग्ने बताईएको छ ।
 जिल्ला अस्पताल पर्वतको ईमर्जेन्सीसेवाबाट भने २४ सै घण्टा स्वास्थ्यसेवा प्रदानगर्दै आएको छ ।