एमाले जिल्ला कमिटि पर्वतको दशौ अधिवेशन शुरु

106
views

नवदृष्टि संवाददाता
पर्वत, २७, चैत्र


एमाले जिल्ला कमिटि पर्वतको जिल्ला अधिवेशन कुश्माबजारमाआज मंगलबारबाट शुरु भएको छ । अधिवेशनको उद्घाटन एमाले केन्द्रीय कमिटीका उपाध्यक्ष विष्णु पौडेलले गरेका छन् ।
३ सय ८३ जना प्रतिनिधिको सहभागीता रहेको सो अधिबेशन तीनदिन सम्म चल्ने २९ गते सम्पन्नहुने बताईएको छ ।
एमाले जिल्ला अध्यक्ष पदको लागि तीनजना आकांक्षी देखिएका छन् । आकांक्षीमा वर्तमान अध्यक्ष राजु पौडेल, उपाध्यक्ष पदमपाणि शर्मा र सचिव गोविन्द पहाडि रहेका छन् ।