माओवादी केन्द्रद्धारा उत्पादनमुखी बनाउन सहकारी केन्द्र गठन

63
views

नवदृष्टि संवाददाता
पर्वत, २८, चैत्र

गाउ देखि सहर सम्मका सहकारीलाई सक्षम र सवल बनाउने श्रम, सिप र क्षमता सदुपयोगगरि आयात प्रतिस्थापन तथा निर्यात प्रर्वद्धनगर्न माओवादी केन्द्रले देशव्यापी सहकारीमा आवद्ध कार्यकर्ताहरुलाई सजग गराउन सहकारी केन्द्रको गठन सुरु गरेको छ ।
माओवादी केन्द्रले सहकारी मार्फत समृद्धि नेपाल बनाउदै समाजवादको आधारतयार पार्ने कुरामा पनि जोड दिएको छ ।
यसैबिच पर्वत जिल्लाको कुश्माजारमा मंगलबार सहकारीमा आवद्ध सदस्यहरुको भेला सम्पन्न भएको छ । सम्पन्न भेलाले राम अधिकारीको संयोजकत्वमा १९ सदस्यीय कार्यसमितिको गठन गरेको छ ।
कार्यसमितिका उपाध्यक्षमा ओमप्रताप सेन, सचिवमा यज्ञप्रसाद शर्मा, कोषाध्यक्षमा देव बहादुर अखेली, रहेका छन् । त्यसैगरी सदस्यहरुमा कमलप्रसाद लामिछाने, डम्वर विक, सर्मिला सापकोटा, गौरीश्वर पौडेल र तारानाथ शर्मा लगायतका रहेका छन् । अन्य सदस्यहरु थप गरिने जनाईएको छ ।
भेलामा बोल्दै माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पर्वतका ईन्चार्ज नेत्र अधिकारी हिमालले आत्मनिर्भर अर्थतन्त्रको विकासकोलागि उत्पादनमुखी सहकारीमा जोडदिनुपर्ने बताएका छन् ।
केन्द्रिय सदस्य सुदिप कुवरले बचतगर्ने र ऋण लगानीमात्रै नभई उत्पादनलाई क्षेत्रहरुलाई बढाई, रोजगारी सृजनागर्ने तिर सहकारी लाग्नु पर्नेमा जोड दिए । केन्द्रिय सदस्य गगनबहादुर थापा प्रदिपले उत्पादनशिल सहकारीबाटनै समाजवादी आधार तयारपर्न लक्ष्यउद्धेश्य सहित लाग्नुपर्ने बताए । यसैगरी दिपक आचार्य, गंगा तिमिल्सीना, शोभा क्षेत्री, मनबहादुर पौडेल, बलराम पौडेल, देवि प्रसाद लगायतले आआफ्ना धारणा राखेका थिए ।
माओवादीक केन्द्रले प्रत्येक पालिका र वडाहरुमा सहकारी केन्द्र गठन गरिने जनाईएको छ ।