प्रसिद्ध कालिगण्डकीनदीमा स्नानगरि नयावर्ष मनाईयो

76
views

नवदृष्टि संवाददाता
पर्वत, २, बैसाख

नेपालीहरुले देशभर हर्षउल्लासमय बातावरणमा नया वर्ष २०८१लाई स्वागतगरि मनाएका छन् । यसैबिच पर्वतको मोदीवेनीस्थित कालिगण्डकी नदीमा पनि यहाका स्थानियले स्नान तथा पुजाआजागरि मनाएका छन् ।
गण्डकी प्रदेश अन्र्तगत पर्ने पर्वत, बाग्लुङ्ग म्याग्दी, स्याजा, गुल्मी, पाल्पा, तनहु लगायतका जिल्लाका अधिकांश स्थानियहरु कालिगण्डकी नदितटमा रहेका देवघाट, रिडि, सेतीवेनी, जैमुनीघाट, मोदीवेनी, सहस्त्रधारा, गलेश्वरका धामनजिकै कालीगण्डकी नदीमा नुहाएर पुजाअर्चना भजनकृतन गरि मनाएका छन् ।
त्यसैगरी नेपालीहरुले एकअर्काबिच सामाजिक सञ्जालको माध्यम, टेलिफोन, म्यासेन्जर मार्फतबाट शुभकामना आदनप्रदान भेटघाट र मिठोमसिनो खाई नया“वर्ष मनाएका छन् ।