पेनाल्टी गोल गर्दै नेपालले भारतविरुद्व अग्रता लियो

1985
views

साफ यू–१५ फुटबल प्रतियोगिताको फाइनलमा नेपालले सुरुवाती अग्रता लिएको छ । एन्फा कम्लेक्स सातदोबाटोमा भइरहेको खेलमा ४१ औं मिनेटमा पाएको पेनाल्टी मार्फत नेपालका ब्रिजेश चौधरीले गोल गरेपछि नेपालले भारतविरुद्व अग्रता लिएको हो । त्यसअघि नेपालका रञ्जन पुनलाई भारतीय खेलाडीले डी बक्स भित्र लडाएपछि नेपालले पेनाल्टी पाएको थियो ।