उपत्यकावासी धमिलो पानी पिउँदै

1147
views

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को लापरवाहीले उपत्यकावासी हिलो मिसिएको धमिलो पानी पिउन बाध्य छन् । केयुकेएल महाँकाल र सुन्दरीजल प्रशोधन शाखाले पानी नथिग्राइकन सोझै जनताको घरघरमा पानी पठाउँदा धमिलो पानी उपयोग गरिरहेका छन् ।

हिलो मिसिएको धमिलो पानी मानव स्वास्थ्यका लागि निकै हानीकारक रहेको चिकित्सकले बताए पनि गोकर्णेश्वर नगरपालिकासहितका उपत्यकावासीले धमिलो तथा हिलो मिसिएको पानी उपयोग गरिरहेका छन् ।

गोकर्णेश्वर नगरपालिका–४, किसी गाउँका हरिप्रकाश श्रेष्ठले दिनहुँ हिलो मिसिएको खानेपानी उपयोग गर्नुपरेको गुनासो गरे ।

गोकर्णेश्वर नगरपालिका–४ का वडाध्यक्ष श्रीकुमार श्रेष्ठ सुन्दरीजलमा रहेको पानी प्रशोधन गर्ने पुरानो फिल्टरले राम्रोसँग काम नगरेकाले धमिलो पानी आउने गरेको बताउँछन् । –नागरिक दैनिकबाट