एसईई प्रकरणः वीरगन्जमा तोडफोड र आगजनी, परिक्षार्थी प्रर्दशनमा

711
views

वीरगन्ज । राष्ट्रिय परीक्षा बोर्ड बैठकले प्रदेश–२ मा शुक्रबारको एसईई परीक्षा रद्द गरेपपछि परीक्षार्थीले विभिन्न ठाउँमा प्रदर्शन गरेका छन् । वीरगन्जमा तनाव उत्पनन भएको छ ।

प्रदर्शनमा उत्रिएका एसईईका विधार्थीले सार्वजनिक र निजी सम्पतिमा तोडफोड गर्नुका साथै आगजनी समेत गरेका छन् । शुक्रबारको समाजिक विषयको परीक्षा स्थगीत भएको खबर सार्वजनिक भएलगत्तै परिक्षार्थीहरु प्रर्दशनमा आएका हुन् । परीक्षार्थीले सडकमा टायर बालेर नाराबाजी गरेका थिए । प्रदर्शनकारी विधार्थीले प्रहरीमाथि नै ढुङा प्रहार गरेका थिए ।

स्थिति तनावपूर्ण भएपछि प्रहरीले विधार्थीमाथि लाठी चार्ज गरेको थियो । लाठी चार्ज भएपछि थप आक्रोसित भएका विधार्थीले प्रहरीलाई निशाना बनाउँदै ढुङगा हान्न थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन दुई सेल अश्रु ग्याँस प्रहार पनि गरेको थियो ।

त्यसपछि प्रदर्शनकारी विधार्थीले नगरको विभिन्न क्षेत्रमा पुगेर सडकमा भेटिएका सार्वजनिक बस, स्कुलबस, टाटासुमो, ट्रक लगायतका करिब दुई दर्जन सवारी सधानमा तोडफोड गरेको पर्साका प्रहरी नायव उपरक्षक अनन्तराम शर्माले बताए ।