छोरो बचाईदिन आमाको विलौना

2247
views

जितेन्द्र थापा
दैलेख, १४, पौष । पैसा कमाएर बुढेसकालमा आमाबाबुको सहारा बनौला र आफ्नो पढाई खर्च जुटाएर घर फर्कौंला भनि भारत गएका दैलेख ठाँटीकाध गाउँपालिका–१ का लोकेन्द्र वि.क. अहिले आँफै सहाराको खोजिमा छन् । ठाँटिकाँध गाउँपालिका–१ खातिगाँउका लोेग बहादुर विकको दुबै खुट्टा नचल्ने भएपछि र घरको आर्थिक अबस्था नाजुक भएकोले अहिले उनका आमाबुवा आर्थिक सहयोगको हारगुहार गरिरहेका छन् ।

कक्षा–२ मा पढ्दै गर्दा घरको आर्थिक अबस्था कमजोर र कापी, कलम, र स्कुल ड्रेस किन्ने पैसा नभएपछि १३ वर्षको कलिलै उमेरमा २०७४ सालमा गाउँकै मेट मन बहादुर विकसँग भारत उत्तराखण्डको जोईसिमोडमा गएका विक रोजिरोटि र कापी, कलम र स्कुल ड्रेसका लागि खर्च बनाएर फर्किएलान् भन्दा भारतमा रहँदा सडकमा काम गर्दै गर्दा सडकमाथिबाट खसेको ढुङ्गाले टाउको र खुट्टामा चोट लागेपछि उनी अलिे उपचारको लागि आर्थिक सहयोग र दिसापिसाबका लागि अरुको सहारा लिनुपर्ने अवस्थामा पुगेका हुन ।

उनि अहिले अपाङ्ग बनेका छन । उनकोे दुबै खुट्टा चल्दैनन् । ऋण, सापट गरेर उपचार गरेका उनको आर्थिक स्थिति कमजोर भएकाले पुर्ण उपचार हुन नसकेको स्थानिय नविन विक बताउँछन् ।

उपचारको लागि भारतमा आर्थिक अभाव भएपछि नेपाल झिकाई नेपालगंन्जको फिजियो केयर हस्पिटलमा उपचार गरियो । तर, त्यहाँपनि पुर्ण उपचार हुन नसकेकोले उनलाई काड्माडौ लगियो । उपचारका लागि दुईलाख ऋण काढेर काठमाडौं लगेपनि पूर्ण उपचारका लागि आर्थिक नहुँदा अहिले सहयोगको प्रतिक्षामा छन ।

उनको उपचारका लागि आर्थिक जुट्ने हो भने पूर्ण रुपमा उपचार गर्न सकिने उपचारमा संलग्न डाक्टरलाई उधृत गर्दै उनको उपचारका लागि आर्थिक देश विदेशमा रहनुहुने नेपालीसँग सहयोग गरिदिन विकका मामा नर्तम विकले अनुरोध गरेका छन ।

कमाउने बेलाको छोरा अपाङ्ग भएर फर्किएपछि आर्थिक संकट लागेकोले छोराको पूर्ण उपचारका लागि सबैसँग आर्थिक सहयोगको याचना गरिरहेको आमा मैसरा विकको भनाई छ । छोराको उपचारका लागि हामीजस्ता गरिबलाई सहयोग गरी छोरालाई हिड्ले बनाइदिनुहने सहयोगी भगवान सरी भएको उनको विलौना छ ।

सम्पत्तिका नाउमा १ कटटा मात्रै जग्गा भएको उक्त परिवारमा भएका चार छोरीहरु पनि समय–समयमा विरामी भैइराख्ने समस्याले गर्दा निकै दयनिय अवस्था भएको स्थानीयको भनाई छ ।