बाँसखर्कमा नेकपाको सपथ ग्रहण

817
views

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जलजला गाउँपालिका १ नम्बर वडा कमिटीका पदाधिकारी र सदस्यहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । पार्टीको पहिलो पूर्ण वैठकमा वडा कमिटीका पदाधिकारी र सदस्यहरुलाई गाउँपालिका कमिटीका अध्यक्ष दीपक आचार्यले सपथ ग्रहण गराउनुभएको हो । साविक एमाले र माओवादी केन्द्र विच पार्टी एकता भएपछि बाँसखर्कमा याम गबुर्जाको नेतृत्वमा २७ सदस्यी वडा कमिटी गठन भएको थियो ।

सपथ ग्रहण कार्यक्रममा बोल्दै गाउँपालिका कमिटीका अध्यक्ष तथा जिल्ला सचिवालय सदस्य आचार्यले बाँसखर्कमा नेकपाको बलियो संगठन निर्माण भएको बताउनुभयो । पार्टीलाई जनताको सेवासँग जोडदै संगठन विस्तारमा लाग्न उहाँले कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । पार्टीको विधि र नियमलाई सवै कार्यकर्ताहरुले पूर्णरुपमा आत्मसाथ गर्नुपर्ने उहाँले जोड दिनुभयो । बाँसखर्कमा सडक,शिक्षा,स्वास्थ्य र कृषि क्षेत्रको विकासका लागि वडा कमिटिले बनाएको योजनालाई प्रदेश र केन्द्र समक्ष पु¥याउन जिल्ला कमिटिले आवश्यक पहल गर्ने उहाँको भनाई थियो । नेकपाको सरकार भएपछि जलजलाको विकास निर्माणलाई प्राथमिकतामा राखेर योजनाहरु निर्माण भएको आचार्यले कार्यकर्ताहरुलाई सुनाउनुभयो । पार्टी निर्माणको अभियान सुरु भएको बताउँदै उहाँले सवै एकतावद्ध भएर अभियानमा सहभागी हुन कार्यकर्ताहरुलाई उहाँले आग्रह गर्नुभयो ।

वैठकमा जिल्ला कमिटीका सदस्य तथा बाँसखर्कका इन्चार्ज लोकनाथ रेग्मीले एकताबाद्ध भएर पार्टी निर्माण र विकासको अभियानमा जुटन आग्रह गर्नुभयो । अर्का जिल्ला कमिटि सदस्य शिव आचार्यले नेकपाका नेता तथा कार्यक्रर्ताहरुले अगुवाई गरेका विकास निर्माणका योजनाहरु पारदर्शी र नमुना हुनुपर्ने बताउनुभयो । नेकपाका नेता तथा कार्यक्रताहरु जनता समक्ष उदाहरणीय भएर प्रस्तुत हुनुपर्ने आचार्यको भनाई थियो । कार्यक्रममा ४ नम्बर वडा कमिटीका अध्यक्ष टेकबहादुर जिसी,पूर्व गाविस अध्यक्ष द बहादुर फगामी,अखिल नेपाल शिक्षक संगठन जिल्ला समिति सदस्य मेखबहादुर खत्री, व्यवसायी बुद्धी पुर्जाले नव गठीत वडाकमिटीका पदाधिकारी र सदस्यहरुलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

वडा कमिटि अध्यक्ष याम गर्बुजाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन गाउँपालिका कमिटि सदस्य तथा बाँसखर्कका वडा अध्यक्ष तुलसी रेग्मीले गर्नुभएको थियो ।