प्रधानमन्त्रीले लगाए कोरोना भाइरसविरुद्धको खोप

401
views

काठमाडौं, २३, फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

उनले आज बिहान महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेर खोप लगाएका हुन् ।प्रधानमन्त्री ओलीले खोप लगाएपछि दोस्रो चरणको खोप अभियान पनि औपचारिकरुपमा सुरु भएको छ ।

प्रधानमन्त्रीसँग शिक्षण अस्पतालमा अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्यमन्त्री हृदयस त्रिपाठीलगायतले पनि खोप लगाएका छन् ।

दोस्रो चरणको यो अभियान अन्तर्गत देशभरका १५ हिमाली जिल्लामा ५५ वर्ष माथिकालाई र अन्य जिल्लामा ६५ वर्ष माथिकालाई खोप लगाइनेछ ।