ठाटीकाँध एक नम्बर वडाको नवनिर्मित भवन उद्घाटन

533
views

सुर्खेत । दैलेखको ठाटीकाँध गाउँपालिका १ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गरिएको छ ।

पहिलेको पुरानो गाउँ विकास समितिको भवनमा १ नम्बर वडा कार्यालयको २१ लाख बजेटले निर्माण भई आफ्नै भवनमा सरेको हो ।

ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही वडा १ का वडाअध्यक्ष नर्मम बुढा,वडा सदस्य मिन खनाल,तक्मा कुमारी विक,नैनकला शाही र वडा सचिव पदम बम लगायतले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

आफ्नै भवनमा सरेको एक तले भवनमा एउटा सभाहलसहित दुइवटा कोठा रहेको वडा १ का वडा अध्यक्ष नर्तम बुढाले बताए । उनले भने,‘वडा कार्यालय आफ्नै भवनमा र जनताको पायक पर्ने ठाउँमा सरेको छ अझै हामी जनताको सेवामा निरन्तर लागि पर्ने छौँ ।’