अमेरिकी अर्थतन्त्रमा सुधारको सङ्केत

617
views

काठमाण्डौं । अमेरिकी अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ । अमेरिकी श्रम मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कले बेरोजगारीको दरमा आधा अङ्कले कमी आएको देखाएको छ ।

जुलाईमा बेरोजगारी दर ५ दशमलव ४ प्रतिशतमा झरेको तथ्याङ्कमा उल्लेख छ । जुलाईमा नौ लाख ४३ हजार थप व्यक्तिले नयाँ रोजगारीका अवसर पाएको प्रतिवेदन सार्वजनिक गरिएको अमेरिकी श्रम मन्त्रालयलाई उदृत गरी एएफपीले जनाएको छ ।

कोरोना महामारीका कारण अमेरिकासहित विश्वका उद्योगधन्दा प्रभावित भएका छन् । तर अमेरिकामा पछिल्लो केही महिनामा उद्योगहरू बिस्तारै सामान्य अवस्थामा फर्कन थालेको प्रतिवेदनले देखाएको छ । महामारीका कारण गुमेको रोजगारी अझै स्थापित हुन नसकेको अर्थशास्त्रीहरुले बताउँदै आएका छन् ।