भेरी अस्पतालमा निसास्सिएर एकै परिवारका ४ जनाको मृत्यु

428
views

नेपालगन्ज, १५, पुस । नेपालगञ्जको भेरी अस्पतालमा निसास्सिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ ।

अस्पतालको क्वार्टरमा बस्दै आएका २३ वर्षीय धर्मप्रसाद भट्टराईसहित उनको परिवारका ४ जना बिहीबार बिहान मृत फेला परेका हुन् । तीन जना बेहोस अवस्थामा भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार चिसोबाट बच्न भट्टराई परिवारले क्वार्टरमा कोइला बालेर आगो तापेका थिए ।

आगोको धुँवाले निसास्सिएर भेरी अस्पतालमा कार्यालय सहयोगीको रुपमा कार्यरत भट्टराई, उनका ३ महिनाको छोरा इप्सन भट्टराई, सासु ४३ वर्षीया कोकिला भटटराई, धर्मप्रसादकी जेठानी दिदी नाता पर्ने कोली भट्टराईको मृत्यु भएको हो ।

बेहोस अवस्थामा रहेका नरेन्द्रप्रसाद भट्टराईसहित अन्य ३ जनाको भेरी अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।