गठबन्धनका नेताहरू सिट बाँडफाँटका लागि वार्ता गर्न सहमत

307
views

काठमाण्डौ, ८ भदौ । सत्तारूढ गठबन्धनमा आबद्ध दलका नेताहरू प्रदेश सभा र प्रतिनिधि सभा चुनावको सिट बाँडफाँडका लागि वार्ता गर्न सहमत भएका छन् । कार्यदल र शीर्ष नेताहरूबीच आज मङ्गलवार भएको छलफलमा पनि सहमति जुटाउन नसकेपछि नेताहरू वान टु वान वार्ता गरी सहमति जुटाउनतिर लाग्ने भएका हुन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले सिट बाँडफाँटको विषयमा सहमतिको नजिक पुगिएको र त्यसलाई सहज ढङ्गले टुङ्गो लगाउन शीर्ष नेताहरूबीच वान टु वान वार्ता गर्ने सहमति गरिएको जानकारी दिए ।

गठबन्धन दलहरूबीच २०७४ सालको प्रतिनिधि सभा र प्रदेश सभा चुनावका साथै २०७९ सालको पालिका चुनावको मत परिणामलाई आधार बनाएर सिट बाँडफाँड गरेर जाने विषयमा छलफल केन्द्रित गर्दै आएका छन् ।