‘मेरो मनको राजा’ स्रोता दर्शकमा (भिडियो सहित)

863
views

काठमाडौं – नेपाल तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले म्युजिक एल्बम ‘परदेशमा’ सार्वजनिक गरेका छन् । नेपाली काँग्रेसका लोकप्रिय युवा नेताका रुपमा परिचित कालिकोटबासी शाहीले लेखेको गीतको म्यूजिक भिडियो ‘परदेशमा’ स्रोता दर्शक माझ आएको हो ।

शाहीको लेखन कार्यमा रहेको उक्त गीतमा चर्चित गायिका टीका प्रसाईको स्वर रहेको छ । गीतमा संगीतकार रेखा पौडेलले संगीत दिएकी छन् । म्यूजिक भिडियोको निर्देशन राजिव गुरुङले गरेका हुन् भने गीतमा नायिका तथा मोडल नम्रता सापकोटा र सञ्चारकर्मी एवम् मोडल विवेकसिंह ठकुरीलाई फिचरिङ गरिएको छ ।

शाहीले बजारमा ल्याएको उक्त गितमा परदेशी मन र परदेशीका परिवारहरुको कथा, पीडा र मर्मसँग जोडिएको छ । साहित्य र संगीतमा सक्रिय शाहीले उनको तराजुमा माया र लासहरुको वस्ती गजल संग्रह, ‘बन्दीगृह’ उपन्यास, नेपाल विद्यार्थी संघको विगत र वर्तमान तथा नेपाली कांग्रेस प्रशिक्षण पुस्तिका पनि प्रकाशित गरिसकेका छन् ।

‘सुन्दर कालिकोट, समृद्ध कालिकोट’ को लेखन तथा सम्पादन गरेका शाहीले ‘प्रजातान्त्रिक आन्दोलनमा नेपाली कांग्रेस’ वृत्तचित्रको लेखन तथा निर्देशन समेत गरेका थिए ।