अन्तिम चरणमा खरेहा–अधिकारी फाँट झोलुङ्गे पुल

978
views

अनिता क्षेत्री
पर्वत, ११ पौष । अग्ला पुलहरुको शहर पर्वतमा कुश्माबजार जोड्ने अर्को कुश्माखेरहा देखि अधिकारी फाँट ज्ञादी जोड्ने अग्लो र लामो झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

आर्थिक वर्ष २०७५ र ०७६ देखि निर्माण सुरु गरिएको यहि फागुन महिनामा सम्पन्न हुने कुश्मा खरेहा–अधिकारीफाँट झोलुङ्गेपुल पुल निर्माण समितिका अध्यक्ष नारायण अधिकारीले बताए ।

३५९ मिटर लम्बाई र १ सय २८ मिटर उचाई रहेको उक्त पुल निर्माण पछि स्याङ्गजा समेतका वासिनदाहरु प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ । सो पुल दुई करोड लागतमा सम्पन्न हुन लागेको हो ।