पुन युवा क्लवले खेलकुद तथा सांस्कृतिक कार्यक्रम गर्दै

767
views

निर्मल पौडेल
पर्वत ,१४ मंसिर । आफ्नो स्थापना दिवसको अवसरमा हरेक साल आयोजना गर्ने पुन युवा क्लवको विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम यो वर्ष फाल्गुणमा हुने भएको छ ।

३७ औँ मगर दिवश तथा क्लव स्थापनाको १ दशक पुगेको अवसरमा फाल्गुण ७ गतेवाट शुरु भएर १५ गतेसम्म सञ्चालन हुने शनिवार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।

पुन क्लवको आफ्नै भवनमा आयोजना गरिएको पत्रकार सम्मेलनमा विगतका वर्षहरुमा जस्तै यो वर्षपनि विविध खेलकुद तथा साँस्किृतिक कार्यक्रमहरुको आयोजना गरिएको क्लवका अध्यक्ष कृष्ण पुनले वताए । यो वर्ष विगतमा भन्दा फरक तरिकाले कार्यक्रम गर्ने योजना वनाएका छौ, पुनले अगाडि भने “पोहोर परार मेला गर्थेऊ अहिले महोत्सव हुन्छ ।”

महोत्सव वडगाउँमा रहेको जिल्ला खेलकुद विकास समितिको खेल मैदानमा हुने भएको हो । कृषि प्रदर्शनी सँगै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने लक्ष्यका साथ आयोजित यसपालिको महोत्सवमा खुल्ला पुरुष भलिवल प्रतियोगिता, डान्स आइडल प्रतियोगिता, दोहोरी गित प्रतियोगिता, सालैजो, सोरठी प्रतियोगिता, झाँकी र विभिन्न साँस्कृतिक कार्यक्रमहरु हुने भएका हुन् ।

खुल्ला पुरुष भलिवल प्रतियोगितामा विजेताले नगद रु १ लाख २२ हजार २ सय २२ सिल्ड मेडल र प्रमाणपत्र हात पार्नेछ । त्यस्तै द्धितिय हुनेले ७५ हजार ५ सय ५५ सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै कार्यक्रममा डान्स आइडल वन्नले नगद रु ३० हजार ताज र प्रमाणपत्र प्राप्त गर्नेछ ।

दोहोरी गित प्रतियोगितामा प्रथम हुनेले नगद रु ३० हजार प्लस प्रमाणपत्र,द्धितिय हुनेले रु २० हजार प्लस प्रमाण पत्र र तृतिय हुनेले रु १० हजार प्लस प्रमाणपत्र हात पार्नेछ । वाल उद्यान रमाइलो मेला लगायत थुप्रो प्रतियोगिताको आयोजना गरिने महोत्सवमा १ लाख भन्दा वढि दर्शकहरुले अवलोकन गर्ने आयोजकले वताएको छ ।

कार्यक्रममा हरेक दिन चर्चित राष्ट्रिय तथा स्थानिय कलाकारहरुको वेजोड प्रस्तुति रहने अध्यक्ष पुनले वताए । कार्यक्रममा कर्वाकेली वावा समुहका अध्यक्ष छविलाल पुन र क्लवका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । पुन युवा क्लवका अध्यक्ष कृष्ण पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन क्लवका पुर्व अध्यक्ष जीवन पुनले गरेका थिए ।