जाडो छल्न हुम्लाका विद्यालय बन्द

1051
views

हुम्ला, १८ पुस । अत्यधिक चिसो बढेपछि हुम्लाका विद्यालयहरु डेढ महिनाका लागि बन्द गरिएका छन् । जिल्लाका निजी तथा सामुदायिक विद्यालयहरु फागुन १ गतेसम्मका लागि बन्द गरिएको हो ।

गत आइतबार वार्षिक परीक्षा सम्पन्न भएलगत्तै विद्यालय बन्द गरिएको मानसरोवर माविका क्षिक रेशमराज रोकायले जानकारी दिए । चिसोका कारण जिल्लाका १ सय ५१ वटा विद्यालयहरु बन्द गरिएका छन् ।