कश्मिरी कहर !

1254
views

(कविता)

–बलराम तिमिल्सिना
आज पर्यो कश्मिरीलाई भोलि हाम्लाई पर्न सक्छ,
छिमेकी छ साँध मिचाहा, जैले जे नि गर्न सक्छ ।

हिजो सिक्किमलाई निल्यो भूटान छ थिलथिलो,
हामीलाई नि दुखिरा’छ सुगौलीको चाल्ने पिलो
आज पर्यो अरुलाई भोलि हाम्लाई पर्न सक्छ
छिमेकी छ हाँडी घोप्टे, उल्टा सिधा गर्न सक्छ ।।

बोल न्याय समानता स्वतन्त्रता सोच्नेहरू
कश्मिरीको दुःख देख्दा आफ्नो मुटु घोच्नेहरू
हाम्लाई पनि भविष्यमा यस्तै दुःख पर्न सक्छ
छिमेकी छ हरामजादा थिचोमिचो गर्न सक्छ ।

आँशु लाग्छ कश्मिरको ऐले चुप बस्यौं भने
के बोल्ने के नबोल्नेको दोधारमा फस्यौं भने
विपत्तिको ठेगान हुन्न जहिले पनि पर्न सक्छ
छिमेकी छ कप्टी खुनी षडयन्त्र गर्न सक्छ ।
                                              भक्तपुर