सुर्खेतमा ६ जनामा डेंगु संक्रमण

757
views

सुर्खेत । सुर्खेतमा ६ जनामा डेंगुको संक्रमण भेटिएको छ । कर्णाली प्रदेश अस्पतालमा पाँच तथा स्थानीय माया मेडिकल हलमा एक जनामा डेंगुको संक्रमण भेटिएको हो । भदौ २१ गते देखी यता सुर्खेतमा ६ जनामा डेंगु भेटिएको हो ।

सुर्खेतको बराहताल गाउँपालिका वडा नं. १ का एलिना पुलामीलाई भदौ २१ गते डेंगु लागेको प्रदेश अस्पतालले पुष्टि गरेको थियो । यस्तै वीरेन्द्रनगर नगरपालकिा वडा नम्बर ६ का कृष्णा विक, विनपा ४ का उदय सुनार, भेरीगंगा नपा ११ का लीला रिजाल, वीरेन्द्रनगरका शर्मिला देवी न्यौपानेलाई डेंगुको संक्रमण देखिएको प्रदेश अस्पतालले जनाकारी दिएको छ ।

मेडिकल सुपरिटेण्डेट तथा अस्पताल प्रमुख डा. डम्बर खड्काका अनुसार थप एक जना स्थानीय माया मेडिकल हलमा डेंगुको उपचार भईरहेको छ । वीरेन्द्रनगरको यरिचोकमामा बस्दै आइरकहेकी मीना रावतको त्यहाँ उपचार भइरहेको छ ।

डा. खड्काले डेंगुको उपचार सहजै हुने आत्तिनु पर्ने अवस्था नरहेको बताए । डेंगुबारे जस्ता कुरा आएपनि डराउनुपर्ने अवस्था नरहेको उनको भनाई छ । बजारमा नानाथरिका हल्लाका पछि लागेर नआत्तिन डा. खड्काले आग्रह गरे । उनले बरु लामखुट्टेको टोकाईबाट बच्न सुझाब दिए ।