कर्णाली प्रदेश अस्पतालमा सुसार कार्यक्रम शुरु

586
views

सुर्खेत, २७, भदौ । उच्च शिशु मृत्युदरलाई ध्यानमा राख्दै कर्णाली प्रदेश अस्पतालमा सुसार कार्यक्रम शुरु गरिएको छ । अस्पतालले आज कार्यक्रमको आयोजना गरि सुसार कार्याक्रमका बारेमा जानकारी गराएको हो । गोल्डेन कम्युनिटी नामक संस्थाको सहयोगमा उक्त कार्यक्रम लागु गरिएको छ । नबजात शिशु जन्मदा मुटुको धड्कन जाँचका लागी नियोबीट, भ्रुणको मुटुको जाँचको लागि कृतिम मास्क तथा व्याग, लगायत आधुनिक उपकरणहरु संस्थाद्वारा उपलव्ध भएकोे अस्पतालका सुपरिटेन्डेन्ट डा. डम्मर खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार कर्णाली प्रदेश अस्पतालले सिमिति श्रोत साधनका बाबुजत पनि आवश्यक उपचार सेवा प्रदान गरिरहेको बताउनुभयो । उपलव्ध सेवा प्रदान गर्न सवै वार्डका कर्मचारीहरुलाई तालीम दिईएको गोल्डेन कम्युनिटिका सृजना शर्माले बताउनुभयो ।

गत महिना मात्रै ६ सय जना नवजात शिशु जन्मेकोमा १५ शिुशुको मृत्यु भएको बालरोग विशेषज्ञ डा. नवराज केसीले जानकारी दिनु भयो । जसमध्ये १० नवजात शिशु आमाको पटेमै मृत्यु भएको हो । नवजात शिशु मृत्युदरको मुख्य कारण नै बाल विवाह रहेको पाईएको छ । १५÷१६ वर्षकै उमेरमा बच्चा जन्माउनाले आमा र बच्चा दुवैको ज्यान जोखीममा पर्ने गरेको डा.केसीले बताउनुभयो । अस्पतालमा स्वास्थ्यकर्मि मात्रै धेरै उपलव्ध भएर शिशु मृत्युदर लाई कम गर्न नसकिने उहाँको भनाई छ । उहाँले कर्णालीमा शिशु जन्मनासाथ उचित स्याहार सुसार नपाउदा जन्मेको २÷३ घण्टामै ज्यान जाने गरेको बताउनुभयो ।

नेपालका विभिन्न ८ ओटा सरकारी अस्पतालहरुमा सुसार कार्यक्रम लागु गरिएको छ । नेपालमा हरेक वर्ष ११ हजार मृत शिशुहरु जन्मने गरेको तथ्याङ्क समेत प्रस्तुत गरिएको छ । सन २०३० सम्म यसलाई १२ प्रतिशतमा राख्ने लक्ष्य सरकारले लिएको छ ।