महरालाई करणीसम्बन्धी कसुरको मुद्दा

490
views

महरालाई करणीसम्बन्धी कसुरको मुद्दा काठमाडौं १४, कार्तिक । संसद् सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयासको आरोप खेपेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज मुद्दा दायर गरिदैं छ । महरा बिरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले मुद्दा दायर गर्ने तयारी गरेको हो ।

महरा विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को करणीसम्बन्धी कसुरअनुसार मुद्दा चलाउन प्रहरीले मागदाबी सहितको अनुसन्धान प्रतिवेदन तिहार अघि नै बुझाइसकेको छ । प्रतिवेदन अध्ययनपछि आज कार्यालयले मुद्दा प्रक्रिया अघि बढाउन लागेको हो ।

प्रहरी परिसर काठमाडौंले १८ वर्षमाथि धेरै उमेरको महिलालाई बलात्कार प्रयास गरेमा साढे तीनदेखि पाँच वर्षसम्म कैद सजायको राय दिएको छ । साथै सार्वजनिक ओहोदाको व्यक्ति भएकाले उनीविरुद्ध त्यसमा थप ५० प्रतिशत सजाय मागदाबी पनि गरिएको छ ।

महरा १९ असोजमा बालुवाटारस्थित निवासबाटै महरा पक्राउ परेका थिए । असोज १२ गते डेरामा आएर आफूमाथि बलात्कार प्रयास गरेको भन्दै १८ असोजमा पीडित महिलाले उजुरी दिएपछि प्रहरीले छानविन प्रक्रिया अघि बढाएको थियो ।