साँघुरो गल्लीमा ⌈कविता⌉

747
views

–महेन्द्र जिसी
साँघुरो गल्लीमा मेरो चोक छ
केही छैन तर सब थोक छ
महंगी छ भ्रष्टाचार छ
घुसखोर छ तस्कर छ ।
अनि बलत्कार छ ।
भु-माफिया छ शैक्षिक माफिया छ
विषादी छ मिसावट छ
धुलोधुँवा छ, खाल्डाखुल्डी छ
कति भनौ असंख्य रोग छ
साँध सरेको सिमाना छ ।
भाग हरेको जमाना छ ।
तर पनि खुलेर वोल्न रोक छ ।
साँघुरो गल्लीमा मेरो चोक छ ।
केही छैन तर सब थोक छ ।
फलेवास नगरपालिका–३ पर्वत