गजल गित

1063
views

हिजो तिम्रै हुँ भनी भर दिलाएर गयौ

अनायासै आज आँसु पिलाएर गयौ ।।

पिरतीको वगैँचामा छरेको त्यो प्रिती।

थियो मुना टुसाएको जिलाएर गयौ ।।

दिलमा अनि यो मुटुमा असर दिएर ।

खै कुन संग तन मन मिलाएर गयौ ।।

निर्मलमाया युगौयुग वचाउँछु भन्थ्यौ।

पराईलाई वैँश जोवान खिलाएर गयौ।।

निर्मल पौडेल एन.पि घायल कुस्मा पर्वत