प्रतिवन्धित नेकपाले भन्यो– भ्रष्टाचारीमाथि कारबाही

620
views

काठमाडौँ, २८, फागुन । विप्लव नेतृत्वको प्रतिवन्धित नेपाल कम्युनिस्ट पार्टीले १० आरोप लगाउँदै भ्रष्टाचारीमाथि कार्वाही भएको जनाएको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद काण्डमा ७० करोडको अडियो सार्वजनिकपछि मन्त्रीपदबाट राजीनामा दिएका गोकुल बास्कोटाको घरमा विहान भएको बम विष्फोटपछि भेटिएको पर्चामा भनिएको छ भ्रष्टाचारी गोकुल बास्कोटामाथि कारबाही किन ?

पूर्वसञ्‍चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट घटनामा संलग्न रहेको आशंकामा प्रहरीले प्रतिबन्धित विप्लव समूहका भक्तपुर जिल्ला कमिटी सदस्य देव गुरुङलाई पक्राउ गरेको छ ।